सांसदहरुले संघीय निजामती सेवा विधेयकलाई एकीकृत संघीय निजामती विधेयकको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशङ्कामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
सामाजिक दायित्व र ज्येष्ठ नागरिकको सम्मानका लागि दशरथचन्द नगरपालिकाले न्यानो सिरक र तातोपानी खान थर्मस बितरण गरेको छ । नगरपालिकाले न्यानो सामग्री वितरणसम्बन्धी मापदण्ड बनाएर ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर सामग्री वितरण सुरु गरेको हो ।
बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ ।
झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपियाँ प्राप्त गरेको छ ।
कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पदबाट निलम्बन गरिएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना प्रकाशित गरी निलम्बन भएको जानकारी गराउनुभएको हो ।
धनुषाको जनकनन्दनी गाउँपालिकाका किशोरीले सामाजिक सरोकारका मुद्दाहरु उठान गरी स्थानीय सरकारसँग सम्बोधन गराउन पहल सुरु गरेका छन् ।
त्रिभुवन आर्मीलाई टाइब्रेकरमा हराँउदै आयोजक फिदिम स्पोर्टिङ क्लब ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कुनै समय थियो गिद्धलाई छोयो भने पाप लाग्छ, गिद्धले दिशा गर्यो भने नराम्रो हुन्छ । यस्तै, पुरातन सोंच व्याप्त रहेको बेला यामबहादुर नेपाली गिद्धको संरक्षण मात्र होइन, गिद्धलाई आहार खुवाउने काममै जुट्नुभयो ।
सुनसरीको वराहक्षेत्र नगरपालिका-१ तल्लो बगुवा टोलबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले चालु आर्थिक वर्षमा बाँकेका तीन वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्विकार गर्नुभएको छ ।
जोर्डनका विदेशमन्त्री अयमान सफादीले सिरियाका नयाँ नेता अहमद अल–शरासँग भेटवार्ता गर्न सोमबार दमास्कस जाने कार्यक्रम रहेको अम्मानले बताएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरुबिचको भिडन्तमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।