• ८ पुस २०८१, सोमबार

फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा

blog

सोमबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

राधा लुइटेल 

फिदिम, पुस ८ गते । त्रिभुवन आर्मीलाई टाइब्रेकरमा हराँउदै आयोजक फिदिम स्पोर्टिङ क्लब ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

सदरमुकाम फिदिमस्थित फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा सोमबार भएको खेलमा फिदिम स्पोर्टिङले आर्मीलाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित ९० मिनेटमा दुबै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो । 

टाईब्रेकरमा फिदिम स्पोर्टिङका आशिष चापागाई, विशाल दर्जी, राम वाजी र निरोष लिङदेनले गोल गर्नुभयो । आर्मीका निरजकुमार घिसिङ र सन्तोष केसीले मात्र गोल गर्न सक्नुभयो । सिद्वान्त चौधरी र सुजित शाहिको प्रहारलाई आयोजकका गोल रक्षक अभिशेक खजुमले बचाउनुभयो । 

फिदिमका विशाल दर्जी म्यान अफ दि म्याच हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । पुस १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टिमले १० लाख पाँच सय ५५ रुपियाँ र उपविजेताले पाँच लाख पाँच सय ५५ रुपियाँ पुरस्कार पाउनेछ ।