पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सङ्घीय सरकारको खर्च कटौतीसम्बन्धी परिपत्रले सिर्जना गरेको गम्भीर प्रशासनिक सङ्कट अन्त्य गर्न विशेष गाउँसभाले निर्णायक कदम चालेको छ ।
स्थानीय प्रशासनले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्लामा तय भएका मतदान स्थलको सुरक्षा संवेदनशीलता वर्गीकरण गरेको छ । जिल्लाका ७६ वटा मतदान स्थललाई तीन भागमा वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण अन्योलमा छ । नेपालको सरकारी कम्पनी विद्युत् उत्पादन कम्पनीले बनाउन लागेको ४८० मेगावाट क्षमताको यस आयोजनामा भारत सरकारको स्वामित्वमा रहेको एनएचपिसी इन्डिया लिमिटेडसँगको सम्झौतापछि अदालतमा मुद्दा परेका कारण आयोजना निर्माण अन्योलमा परेको हो । अदालतबाट मुद्दा खारेज भएको भए पनि निर्माणको जिम्मा पाएको कम्पनी सम्पर्कमा रहेको छैन ।
प्रसिद्ध धार्मिक स्थल पाथीभरामा यस वर्ष पहिलो पटक हिमपात भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएपछि साँझबाट तीन हजार ६९४ मिटरको उचाइमा रहेको पाथीभरामा हिमपात सुरु भएको हो ।
माडीको बगहीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । माडी ठोरीबाट भरतपुरतर्फ जाँदै गरेको ठुलो मेट्रो डिलक्स बस गाडी नं. ०३–००१ ख २८८७ शनिबार बिहान करिब ६ः१५ बजे दुर्घटना भएको हो ।
कञ्चनपुरको दोधारा चाँदनी सुुक्खा बन्दरगाह निर्माणको प्रारम्भिक चरणको काम सम्पन्न भएको छ । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सुरु भएको बन्दरगाहमा पहिलो चरणको काम सकिएको हो ।
गुल्मीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । यस जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–१, पौंदीअमराईको बगाहाका ४७ वर्षीय बोमबहादुर खत्री मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । मार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य सुरु हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
जेनजी समूहद्वारा गत भदौ २४ गते आगजनीमा क्षति भएको नापी कार्यालय सुर्खेतले दुई महिनापछि सेवा सुरु गरेको छ । मङ्सिर १ गतेदेखि अनलाइनमा भएका कित्ताको नक्सा प्रिन्ट गरी उपलब्ध
ताप्लेजुङमा करिव दुई हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार पछिल्लोपटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा उक्त मतदाता थपिएका हुन् ।
बाराको सिमरामा हालै भएको घटनाका विषयमा गठित समितिबिच शुव्रmबार भएको वार्ता सफल भएको छ । पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल, प्राविधिक तालिम शिक्षालयमा सम्पन्न वार्तामा
ताप्लेजुङको तेम्बा बजारका आगलागीपीडितलाई नेपाली कम्युनिष्ट पार्टी, वाइसीएल नेपाल र रेडक्रस सोसाइटी ताप्लेजुङले राहत वितरण गरेको छ ।
तराई क्षेत्रको पहिचान मानिने करिया कमोद धान लोप हुने अवस्थामा पुगेको छ । मसिनो, बास्नादार र स्वादिलो भएका कारण एक समय अत्यन्त लोकप्रिय यस जातको धान किसानले उत्पादन गर्न कम गरेपछि लोप हुने अवस्थामा पुगेको हो ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८८ पैसा र बिक्रीदर १४३ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ ।
पूर्वी चितवनको कालिका नगरपालिका अन्तर्गत चेपाङ बस्तीमा रहेको सिद्धि छात्रावासमा खाद्यान्न अभाव भएको छ । सुनौलो किरण संस्थाद्वारा दाताको सहयोगबाट सञ्चालित छात्रावासमा बाल