नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर बर्सेनि बढ्दै गएपछि ३५ वर्ष माथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने भएको छ ।
रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब रु चार लाख ७३ हजार मूल्य बराबरका सामान बरामद गरेको छ ।
राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर आज एक युवकको मृत्यु भएको छ ।
तीनपटक ठेक्का म्याद थप्दा पनि पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको प्रगति न्यून देखिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुशीला कार्की नेतृत्वको सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।
सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायले आज परम्परागत ‘खखडेहरा पर्व’ मनाएका छन् ।
प्रदेश निर्वाचन कार्यालय कर्णालीका अनुसार प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलबाट र स्वतन्त्र उम्मेदवारी दिएका ९० जनाको जमानत जफत भएको छ ।
प्रत्यक्षतर्फ पाँच सिटका साथ कर्णालीमा पहिलो बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ पनि पहिलो स्थान कायम राखेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिनुभएको बधाई सन्देशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आभार व्यक्त गर्नुभएको छ ।
तेल उत्पादक देशमा देखिएको युद्धसम्बन्धी समाचार र सामाजिक सञ्जालमा फैलिएको अफवाहका कारण बारा, पर्सा र आसपासका जिल्लाका पेट्रोल पम्पमा सवारीसाधनको अस्वाभाविक भिड देखिएको छ ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्लले सल्यानको प्रमुख यातायात मार्गका रूपमा रहेको राप्ती लोकमार्गको विस्तार तथा स्तरोन्नति कार्यप्रति चासो व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएपछि कालीबाबाले दुईतिहाइको जनादेशले नेपाली नागरिकको शान्ति र स्थिरताको चाहना अभिव्यक्त गरेको उल्लेख गर्नुभएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा पाँच राजनीतिक दलका उम्मेदवारले जमानत जोगाउन सकेनन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब बन्ने नयाँ सरकारले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गरी देशमा सुशासन कायम गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
श्री माध्यमिक विद्यालय आम्बासमा अध्ययनरत थपापानीका विद्यार्थी दैनिक करिब तीन घण्टाको पैदल बाटो हिँडेर विद्यालय आउने–जाने गर्छन् ।