सरकारी सेवासुविधा तथा विकास नभएको भन्दै कर्णालीमा एक वर्षमा चार हजारभन्दा बढीले बसाइँसराइ गरेका छन् ।
सूचना प्रविधिले संसारलाई धेरै सहज बनाएको छ ।
‘बादे बादे जायते तत्व बोध’ भन्नाले वादविवादबाट उचित निष्कर्ष निकाल्न सकिन्छ
प्रिय प्रकृति, यति कलिलो उमेरमा प्रकृतिमै विलीन हुन पुग्यौ तर घटनाको निष्पक्ष छानबिन होस् । प्रजातन्त्र दिवसका दिन सङ्घीयताबारे पाठ पढाएर घर फर्किंदै थिएँ ।
विश्वविद्यालय अनुदान आयोगको पछिल्लो तथ्याङ्कले भन्छ, मुलुकमा हाल सञ्चालनमा रहेका एक हजार ४३२ वटा क्याम्पसमध्ये ५०५ क्याम्पसमा एक सयभन्दा कम विद्यार्थीले पढिरहेका छन् ।
सन् १९६० मा इरान, इराक, कुवेत, साउदी अरब र भेनेजुयलाले पेट्रोल निर्यात गर्ने देशको सङ्गठन ओपेक स्थापना गरे ।
राममणि दाहालहेटौँडा, फागुन २० गते । प्रकृतिका पूजक माझी समुदायले आफ्नो पर्व आज मङ्गलबार लदि पूजा मकवानपुरमा विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छन् । नोल माझी उत्थान सङ्घ केन्द्रीय समितिको आयोजनामा लदि पूजाका अवसरमा मकवानपुरको बकैया गाउँपालिका ६ स्थित जुइनामा सामूहिक रूपमा विशेष कार्यक्रम गरी मनाइने भएको हो ।सङ्घका अध्यक्ष चिनीमाया माझीले लदि पूजा माझी समुदायको प्रमुख चाड भएको भन्दै यस पर्वका अवसरमा पूजाआजासँगै शुभकामना आदान प्रदान गर्न लागेको जानकारी दिनुभयो । सङ्घका महासचिव बविन्द्र माझीले माझी समुदाय देशका विभिन्न भागमा छरिएर रहेको भन्दै पर्वका अवसरमा पहिलो पटक मकवानपुरमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । लदि पूजाका अवसरमा आज बकैया गाउँपालिकाको जुइनामा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सीँ लामा तामाङको प्रमुख आतिथ्यमा शुभकामना आदान प्रदान कार्यक्रम तय भएको छ । लदि पूजाका अवसरमा बागमती प्रदेश सरकारले माझी समुदायका लागि बिदासमेत दिएको छ ।यस्तै मकवानपुरको बकैया र बागमती गाउँपालिकाले लदी पर्वका अवसरमा स्थानीय बिदा गरेका छन् । माझी समुदायले लदि पूजा फागुन महिनाको तेस्रो (साइँली) मङ्गलबार गर्ने प्रचलन रहेको छ । माझी समुदायको नेपालको मध्य पहाडी, भित्री मधेस र तराईका जिल्लाहरूमा प्रमुख बसोबास रहेको छ । परम्परादेखि नदी, खोलामा निर्भर माझीहरूको पुर्ख्यौली पेसा माछा मार्ने र डुङ्गा चलाउने भएता पनि हाल कृषि पेसालाई मुख्य पेसाको रूपमा लिँदै आएका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिहरूको बसोबास प्रायः जसो नदी किनारमा रहेको छ ।राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा एक लाख ११ हजार ३५२ जनसङ्ख्या माझीहरूको रहेकोमा सबैभन्दा बढी बागमती प्रदेशमा मात्र ४१ हजार ६७१ बसोबास गर्दछन् । माझी भाषा बोल्ने ३२ हजार ९१७ जनसङ्ख्या रहेको तथ्याङ्क छ ।
नेपालबाट लोप भएको भनिएको खैरो झाडीफिस्टो चरा पुनः नेपालमै फेला परेको छ । १९ औँ शताब्दीको अभिलेखबाहेक त्यसयता नदेखिएको झाडीफिस्टो चरा पछिल्लो समय चितवनको दिव्यनगरमा भेटिएको हो ।
चलचित्र ‘दर्पणछायाँ २’ का कलाकार पुष्प खड्का र सहारा कार्कीको जोडी म्युजिक भिडियोमा देखिएको छ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को म्युजिक भिडियोमा यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गर्नुभएको छ ।
चलचित्र ‘जनै हराएको बाहुन’ को प्रदर्शन मिति तय भएको छ । चलचित्रको प्रदर्शन भदौ १० गते नेपाल र विदेशमा एकैदिन गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रमा विजय बराल र मनिष राउत मुख्य भूमिकामा हुनुहुन्छ ।
भक्तपुर, फागन २० गते । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनबाट नयाँ नेतृत्व आज चयन हुँदैछ । पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन सोमबार सकिएन र आज नयाँ नेतृत्व चयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै सोमबार सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको थियो । सोमबार बन्द सत्रमा हिजो पेस भएका प्रतिवेदनमाथि सात वटा समूह बनाएर छलफल, पार्टीको विधान संशोधनबारे बहस, महाधिवेशनको घोषणा पत्र तयारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीतिलगायत विषयमा छलफल गर्दा समय अपुग हुँदा सोमबार नसकिएर दिन लम्बिएको हो ।”महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन् ।
चलचित्र ‘वरिष्ठ बलराम’ को शुभमुहूर्त गरिएको छ । निर्माण पक्षले बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाङ्कनसमेत सुरु गरेको छ । कात्तिक ३ लक्ष्मीपूजाका दिन प्रदर्शन हुने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दै हुनुहुन्छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापान सरकारसँग आग्रह गर्नुभएको छ ।
कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ । कर्णाली प्रदेशस्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरिगाउँ विमानस्थल विस्तारका लागि स्रोत सुनिश्चितताको माग गरिएको हो ।
हिमालय एअरलाइन्सले पोखरा र ल्हासाबिच साप्ताहिक उडान सुरु गर्ने भएको छ । आगामी चैत १८ गतेदेखि यो नयाँ रुटको उडान सुरु हुने छ ।