ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि १७ वटा परीक्षा केन्द्र निर्धारण भएको छ । आउँदो चैत ५ गतेदेखि हुने एसईई परीक्षाका लागि १७ वटा परीक्षा केन्द्र निर्धारण भएको हो।
मध्यविन्दु प्रादेशिक अस्पताल नवलपरासीपूर्व नवलपुरलाई एकसय शैय्यामा स्तरोन्नति गर्न अस्पताल व्यवस्थापन पक्षले माग गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बेलायती मिडियालाई मित्रराष्ट्रहरूले युद्धविरामको आह्वान गरेपछि उहाँको देशका लागि सुरक्षा ग्यारेन्टीहरू बिनाको युद्धविरामले रुसको आक्रमणको दीर्घकालीन अन्त्य नल्याउने बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई आत्मनिर्भर, स्वावलम्वी एवं स्वाधीन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी रहेको बताउनु भएको छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीमा देखिएको भाइरल इन्फ्लुएन्जा ‘ए’ रोग भएको पुष्टि भएको छ । मेरिङदेन गाउँपालिकाको वडा ५ थुकिमाका दुई विद्यालयका विद्यार्थीमा देखिएको स्वास्थ्य समस्यापछि त्यहाँका बिरामी विद्यार्थीको स्वाव सङ्कलन गरी परीक्षणका लागि विराटनगर पठाइएकोमा १० जनाको परीक्षण प्रतिवेदन आएपछि सो रोग पुष्टि भएको हो ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देश विकासका लागि काँग्रेस–एमाले नेतृत्वको सरकार गठन भएकोे बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सोलुखुम्बुले सोमबारदेखि आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले एमाले नेतृत्वको सरकारले जनताको हितमा उल्लेखनीय काम गरेको बताउनुभयो ।
‘सुदूरपश्चिम स्पोर्टस् अवार्ड-२०८१’ आगामी चैत ७ गते आयोजना हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र इटालीका विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोनले केपी ओली कप फुटबलको सोमबार साँझ उद्घाटन गर्नुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाउनुभएको छ ।
प्रथम सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मुर्गिया फुटबल क्लबले विजयी सुरुवात गरेको छ । मुर्गिया मैदानमा सोमबार भएको उद्घाटन खेलमा आयोजक मुर्गियाले गोर्खा ब्वाइज बुटवललाई १–० गोलले हरायो ।
म्यानमाका जुन्ता प्रमुख सोमबार रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि प्रस्थान गर्नुभएको छ । रुस सैन्य शासनको हिंसात्मक विरोधलाई रोक्न सङ्घर्ष गरिरहेको एकान्त राज्यका लागि प्रमुख सहयोगी र हतियार आपूर्तिकर्ता हो ।
नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले आन्तरिक जलमार्ग नियमन गर्ने विषयमा बढी ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।
भारतको केन्द्र प्रशासित क्षेत्र पुडुचेरीका सभामुखको नेतृत्वमा उपसभामुख पी राजवेलु, पर्यटन मन्त्री के लक्ष्मीनारायणसहित विधानसभा सदस्यहरु पोखरा आउनुभएको छ ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा स्कारपियो पल्टिँदा चालकको मृत्युु भएको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन यही फागुन २६ गते धनगढीमा हुने भएको छ ।