इजरायलको हाइफा सहरको एक यातायात स्टेसनमा सोमबार भएको छुरा प्रहारबाट एक जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय अस्पतालका चिकित्सकले बताएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार संयुक्त राज्य अमेरिकासमक्ष प्रस्तुत हुने सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्न युरोपसँग काम गर्ने बताउनुभएको छ ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि गठन भएको वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ-हुवास सडक ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र हुने भएको छ ।
अमेरिकी रक्षामन्त्री पीट हेगसेथले रुसविरुद्धको साइबर कारबाहीलाई रोक्न आदेश दिनुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
पूर्व युवराज पारस शाहलाई हृदयाघात भएर अस्पतालमा भर्ना हुनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्नुहुन भएको छ ।
लेबनानका राष्ट्रपति जोसेफ खालिल औनले कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका लागि सोमबार साउदी अरबको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँले यसै बर्ष जनवरीमा लेवनानको राष्ट्रपतिका रूपमा सपथ गर्नुभएको थियो ।
हिउँ कसैका लागि रहर छ भने कसैका लागि कहर बनिदिन्छ । हिउँ हेर्न र खेल्न जानेहरूका लागि रहरको विषय हो, तर हिउँसँगै गुजारा गर्नेहरूको पीडा छुट्टै हुन्छ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा वर्षमा एक/दुई पटक अनिवार्य हिउँ परेकै हुन्छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई देशकै ठुलो पार्टी बनाउनेगरी तयारीमा लाग्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा हालै पदोन्नति हुनुभएका कृष्णबहादुर जिसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ ।
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको मिति सरेको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीको सुकेपानीमा बेलिब्रिज अर्थात् मोटर गुड्ने पुल निर्माणको काम सुरु भएको छ ।
पाल्पाको निस्दी गाउँपालिका–५, स्थित निस्दी खोलामा पक्की पुलको शिलान्यास गरिएको छ ।