पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ ।
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको मिति सरेको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीको सुकेपानीमा बेलिब्रिज अर्थात् मोटर गुड्ने पुल निर्माणको काम सुरु भएको छ ।
पाल्पाको निस्दी गाउँपालिका–५, स्थित निस्दी खोलामा पक्की पुलको शिलान्यास गरिएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक म्याट रोसले आफ्नो लक्ष्य आसन्न एसिएन कप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई साफ च्याम्पियनसिप उपाधि दिलाउनु रहेको बताउनुभएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ हमुनाम चाेकमा भएको आगलागीबाट पीडित भएका परिवारलाई राहत वितरण गरेको छ ।
साताको पहिलो कारोबारको दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताउनु भएको छ ।
सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ । क्यानले दुई साता बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो ।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले राष्ट्रिय सम्पत्तिको रूपमा रहेको कुसुण्डा जातिको भाषाको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।
सञ्चारिका समूह धनकुटाको प्रथम जिल्ला अधिवेशनबाट सर्मिला राई अध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आज सम्पन्न अधिवेशनले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।
बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरानले रकम हिनामिना तथा अपचलन गरेको कसुरमा दुई सय ६२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।
थारू कल्याणकारिणी सभा (थाकस) दाङले स्वर्गद्वारी गूठीपिडित सङ्घर्ष समितिले राखेको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । माग सम्बोधनको माग गर्दै समितिले शान्तिपूर्ण दवावको कार्यक्रम गर्दैआएको छ ।
कैलालीको टीकापुर नगरपालिका –७ स्थित डल्फिन देखिने क्षेत्रमा रहेको ओजुवा ताल क्षेत्रको सौन्दर्यीकरण गरिंदैछ । पर्यटन विकास गर्ने उद्देश्यले सङ्घीय सरकार र टीकापुर नगरपालिकाको संयुक्त लगानीमा ताल क्षेत्रको सौन्दर्यीकरण भइरहेको हो ।
प्रगतिशील लेखक सङ्घ (प्रलेस) बागलुङको अध्यक्षमा विजय राना सर्वसम्मत चयन हुनुभएको छ । प्रलेस बागलुङको आइतबार सम्पन्न अधिवेशनले रानाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।