राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ ।
यहाँका विभिन्न पाँच विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी वर्सेनी करोडौँ अनुदान उपलब्ध गराएपनि शैक्षिक गुणस्तर खस्कँदो छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ४६औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
बर्दिया अस्पतालमा करोडौँ खर्चमा बनेको एचडियु र आइसियु कक्ष सञ्चालनमा आउन सकेका छैनन् । पाँच वर्षअघि कोरोनाको समयमा बर्दिया अस्पताल र बर्दिया जिल्लाका पालिकाको लगानीमा बनेका सुविधासम्पन्न आइसियु र एचडियु वार्डहरू अलपत्र परेका छन् ।
बाँकेको डुडुवा गाउँपालिका–६, असमानपुरस्थित जयन्दु बाल सुधारगृहमा बालबन्दीबिच भएको कुटाकुट, विवाद र आगजनी जस्ता घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. प्रकाशशरण महतले संस्थागत कामको प्रचारमा नेपाली कांग्रेस चुकेको बताउनुभएको छ ।
सुर्खेतस्थित प्रदेश अस्पताल र समग्र कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि कर्णाली प्रदेश सरकारले गठन गरेको समितिले पाँच वटा विकल्पसहितको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ ।
सल्यानका स्थानीयको जनजीविकासँग जोडिएका प्रमुख विकास निर्माणका आयोजना अहिले अलपत्र परेका छन् ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका पछिल्लो समय विकासमा फड्को मार्दै गएको छ ।
पाटन–पञ्चेश्वर सडक कालोपत्रे हुँदा भारतसँग सीमा जोडिएका तल्लो स्वराड क्षेत्रका तीन वटा पालिकाको मुहार फेरिन थालेको छ । आठ वर्षअघि खच्चडमा नुन, चामल ढुवानी हुने तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा अहिले मोटरगाडी गुड्न थालेका छन् ।
नेपाली उपभोक्ता युगौँदेखि पीडित छन् । संसारभरि उपभोक्ताको चेतना विस्तार हुँदा पनि नेपाली उपभोक्ता न्यायको पहुँचमा थिएनन् । उपभोक्ताका निम्ति काम गर्ने कतिपय सङ्घ संस्था भए पनि तिनको आवाज सुनुवाइ हुन सकेको थिएन । यस्तो अवस्थामा देशमा पहिलो पटक उपभोक्ता अदालत स्थापना भएको छ । अब उपभोक्ताका पक्षमा न्याय सम्पादन हुन सक्ने छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ता अदालतको व्यवस्था ग
शैक्षिक संस्थामा राजनीतिका नाममा हुने गरेको विकृतिलाई लक्षित गर्दै प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले भनेका कुरा आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छन् । कोइरालाले भने जस्तै शैक्षिक संस्था भनेका विचार र सिद्धान्तको बारेमा बहस र छलफल गर्ने ठाउँ हो, बाहुबलको प्रयोग गर्ने थलो होइन ।
हरेक बालबालिकासँग कुनै न कुनै प्रतिभा रहेको हुन्छ । उनीहरूमा निहित प्रतिभालाई पहिचान गर्दै अङ्कुराउने वातावरण प्रदान गर्न सकेमा थुप्रै नवप्रतिभाको जन्म हुन्छ । आजका बालबालिका भोलिका कर्णदार यसै भनिएको होइन । उ