गुल्मीमा निरन्तर तीन वर्ष ओरालो लागेको एसइई दिने विद्यार्थीको सङ्ख्या यस वर्ष उकालो लागेको छ।
सांसद तारा लामा तामाङले प्रहरीले काठमाडौंमा थालेको लागुऔषधविरूद्धको अभियान देशभर सुरू गर्न सभामुखसँग रूलिङको माग गर्नुभएको छ ।
उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षणका लागि बजेट विनियोजन गरेर अघि बढ्ने बताउनुभएको छ। ललितपुरमा आयोजित नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
महोत्तरीको पडौलस्थान बजारमा स्थानीयहरूले प्रदर्शन गर्दै सोमबार बजार बन्द गराएका छन् । बलवा नगरपालिका–३ पडौल बजारमा रहेको शिवशान्ति ज्वेलर्सको ताल्चा फोडेर लाखौँको चोरी भएको घटनालाई लिएर व्यापारीहरु सडकमा टायर बालेर प्रदर्शन गर्दै बजार बन्द गराएका हुन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उहाँकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरूको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।
स्याङ्जाकोे चापाकोटमा रहेको राधा दामोदर संस्कृत विद्यापीठको स्वतन्त्र विद्यार्थी युनियन सहमतिमा चयन भएको छ ।
शान्तिका लागि दोलखाको सदरमुकाम चरीकोटस्थितको पशुपति मन्दिर प्राङ्गणमा पाँच दिने चौसठ्ठी लिङ्गको पूजा तथा महात्य र पशुपति पुराण वाचन गर्न लागिएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्धन कार्यक्रम लागु भएसँगै कोदोखेतीतर्पm कृषक आकर्षित भएका छन् । सो पालिकाले आव २०८१/८२ मा रैथाने बाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत रु ३५ लाख विनियोजन गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको बताउनुभएको छ ।
पत्रकार डम्मरबहादुर बम सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस सल्लाहकारमा नियुक्त हुनुभएको छ । मुख्यमन्त्री शाहले आज उहाँलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरी नाचको रौनक छाएको छ । कैलाली, कञ्चनपुरमा बसोवास रहेको यो समुदायमा गाउँ गाउँमा होरी नाच देखाउँदै होरी मनाइरहेका छन् ।
चालु आर्थिक वर्षमा बागलुङका सात वटा सडकमा कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वधार विकास कार्यालयमार्फत छिमेकी जिल्ला र अन्तरपालिका जोड्ने सडकमा कालोपत्र थालिएको हो ।
त्रिभुवन विश्वविद्यालयका जिल्लामा रहेका आङ्गिक र सम्बन्धन प्राप्त गरी सात वटा क्याम्पसमा मङ्गलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ ।
रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीमा फोर्स गाडी दुर्घटना भएको छ ।