नवराज श्रेष्ठ
रामेछाप, चैत ४ गते । रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीमा फोर्स गाडी दुर्घटना भएको छ । सोमबार बिहानी भारतको जयपुर हिँडेको भारतीय नम्बर प्लेटको आर.जे १४ टि.डि ८६८७ नम्बरको फोर्स गाडी खिम्तीको छत्तिउने खोला नजिर्क दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दिपक चौलागाईंले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा ८ जना सामान्य घाइते भएका छन् भने घाइतेहरूको उद्धार गरी सदरमुकाम मन्थली ल्याइएको छ ।