एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जोकोहीलाई पनि अच्चम लाग्न सक्छ तर, यथार्थ यही हो । सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्न ठूलै सङ्घर्ष गरिरहेको छ ।
कैलालीको धनगढी–अत्तरिया छ लेन सडकमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि डढेलो लागेको छ । उक्त वनमा राति ११ः०० बजेदेखि लागेको डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको जनाइएको छ ।
तनहुँ, चैत ४ गते । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा [पूर्वी खण्ड]अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ गोल्ला, कमलबारीमा विस्तारपछिको सडक । पूर्वी खण्डको ७८ दशमलव ९५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । तस्बिरः रासस
यही आउने बिहीबार (७ चैत) देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा केन्द्राध्यक्ष नियुक्तिबारे मधेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जिल्ला परीक्षा समन्वय समितिहरूलाई ध्यानाकर्षण गराउनुभएको छ ।
मुस्ताङ, चैत ४ गते । मुस्ताङको लो९घेकर दामोदर कुण्ड गाउँपालिका(१ र लोमान्थाङ गाउँपालिकाको बीचमा पर्ने सम्डुप छोर्तेन र पृष्ठभूमिमा निलगिरि हिमाल । कोरोला घुम्न जाँदा सडक नजिकै पर्ने सम्डुप छोर्तेनको तिब्बतीयन भाषामा सम भनेको मन र डुप भनेको प्राप्त हुन अर्थात् आफुले कामना गरेको चिज प्राप्त हुनु हो । तस्बिरः रासस
काठमाडौँबाट भारतको उत्तर प्रदेशका लागि जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन् ।
जिल्लाको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका छन् । रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
राजन रावतहुम्ला, चैत ४ गते । हुम्लाका किशोरीहरू एचपिभी खोपबाट वञ्चित भएका छन् । सरकारले देशैभरका किशोरीहरूमा खोप लगाउने गरी अभियान सञ्चालन गरे पनि यहाँ खोप लगाइएन । नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँमा राष्ट्रिय अभियानका रूपमा सञ्चालन भएको पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ( एचपिभी ) सञ्चालन हुन सकेको छैन । लिमी जाने दुई वटा नाका चार हजार ६७० मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालु लेकमा हिमपातको कारण बन्द भएपछि भ्याक्सिन पुर्याउन नसकिने अवस्था आउँदा खोप अभियान सञ्चालन हुन नपाएको हो । स्वास्थ्य सेवा कार्यालयका खोप कार्यक्रमका सम्पर्क व्यक्ति प्रेम पाण्डेले भ्याक्सिन ढुवानी गर्न नसकिने भएको कारण यति बेला जिल्लाभर सो खोप अभियान सञ्चालन भएको भए पनि लिमीमा भने सुरु नभएको बताउनुभयो । लिमी जाने दुवै नाका बन्द रहेको कारण स्वास्थ्यकर्मी लिमी मै भएको भए पनि भ्याक्सिन ढुवानी गर्न नसकिएको अवस्था रहेको कारण खोप अभियान सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । लिमीका लागि भ्याक्सिन भने गाउँपालिका स्वास्थ्य शाखाले कार्यालयबाट बुझेर लगि सकेको छ । लिमीको सुनखानी आवि हिउँदभर सञ्चालनमा रहेको थियो । उक्त विद्यालयमा कक्षा छ देखि आठसम्म अध्ययन गर्ने किशोरीहरू छ जना रहेको र विद्यालय बाहिरका दसदेखि चौध वर्ष उमेर समूहका किशोरीहरू लिमीमा नरहेको विद्यालयका शिक्षक विकल तामाङले बताउनुभयो । अब लिमीमा आगामी २०८२ सालको वैशाख महिनामा एचपिभी खोप लगाउने तालिका कार्यालय र गाउँपालिका स्वास्थ्य शाखाले तयार गरेका छन् ।
बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् ।
काठमाडौँ, चैत ४ गते । आज नेकपा एमाले सचिवालय बैठक बस्दै छ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । आज बस्ने सचिवालयको २६ औँ बैठकले समसामयिक राजनीतिक विषय र पार्टी सङ्गठनात्मक कामका विभिन्न विषयमा निर्णय लिने नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । ‘बैठकले समसामयिक राजनीतिक घटनाक्रमको बारेमा विश्लेषण गरेर त्यसका सन्दर्भमा पार्टीले आफ्नो धारणा जारी गर्छ पहिलो, दोस्रो पार्टीको आन्तरिक संरचनात्मक कामहरूका बारेमा केही महत्त्वपूर्ण निर्णय लिन्छ, आजको बैठकका मुख्य दुई वटा एजेन्डा यिनै हुन्’, गौतमले भन्नुभयो ।
प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ६५ फरार प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।
दोलखाको सदरमुकाम चरीकोटको भीमेश्वर नगरपालिकाको खोरथली सामुदायिक वन क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रम सुरु भएको छ । डिभिजन वन कार्यालयले सदरमुकामनजिक रहेको
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
कर्णाली प्रदेश अस्पताल स्तरोन्नतिका सम्बन्धमा गठित डा भगवान कोइराला संयोजकत्वको उच्चस्तरीय अध्ययन समितिले प्रतिवेदनसहित प्रदेश सरकारलाई सुझाव दिएको छ ।