बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका पछिल्लो समय विकासमा फड्को मार्दै गएको छ ।
पाटन–पञ्चेश्वर सडक कालोपत्रे हुँदा भारतसँग सीमा जोडिएका तल्लो स्वराड क्षेत्रका तीन वटा पालिकाको मुहार फेरिन थालेको छ । आठ वर्षअघि खच्चडमा नुन, चामल ढुवानी हुने तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा अहिले मोटरगाडी गुड्न थालेका छन् ।
नेपाली उपभोक्ता युगौँदेखि पीडित छन् । संसारभरि उपभोक्ताको चेतना विस्तार हुँदा पनि नेपाली उपभोक्ता न्यायको पहुँचमा थिएनन् । उपभोक्ताका निम्ति काम गर्ने कतिपय सङ्घ संस्था भए पनि तिनको आवाज सुनुवाइ हुन सकेको थिएन । यस्तो अवस्थामा देशमा पहिलो पटक उपभोक्ता अदालत स्थापना भएको छ । अब उपभोक्ताका पक्षमा न्याय सम्पादन हुन सक्ने छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ता अदालतको व्यवस्था ग
शैक्षिक संस्थामा राजनीतिका नाममा हुने गरेको विकृतिलाई लक्षित गर्दै प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले भनेका कुरा आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छन् । कोइरालाले भने जस्तै शैक्षिक संस्था भनेका विचार र सिद्धान्तको बारेमा बहस र छलफल गर्ने ठाउँ हो, बाहुबलको प्रयोग गर्ने थलो होइन ।
हरेक बालबालिकासँग कुनै न कुनै प्रतिभा रहेको हुन्छ । उनीहरूमा निहित प्रतिभालाई पहिचान गर्दै अङ्कुराउने वातावरण प्रदान गर्न सकेमा थुप्रै नवप्रतिभाको जन्म हुन्छ । आजका बालबालिका भोलिका कर्णदार यसै भनिएको होइन । उ
वासुदेव शर्मा जाजरकोट, चैत ४ गते । जाजरकोटमा रुखबाट लडेर दुई जना महिलाको मृत्यु भएको छ । कुशे गाउँपालिका ९ की १८ बर्षीया पुष्पानाथ गिरी र छेडागाड नगरपालिका ६ मेहेल्यका ४६ वर्षीया सरिता केसीको रुखबाट लडेर मृत्यु भएको हो ।शनिवार बिहान १० बजे छेडागाड नगरपालिका १० नलफु स्थित माइती घरमा गएको बेला काफल खाने क्रममा रुखबाट लडेर घाइते भएपछि उपचारका लागी नेपालगन्ज लिएको थियो । घाइते गिरीको उपचारका क्रममा कोहलपुर अस्पतालमा आइतबार दिउसो तिन बजे मृत्यु भएको कुशे गाउँपालिका ९ का वडा अध्यक्ष शिवराज गिरीले बताउनुभयो । छेडागाड नगरपालिका ६ की सरिता केसीको घाँस काट्ने क्रम मा रुखबाट लडेर आइतबार मृत्यु भएको छ । छेडागाड नगरपालिका ६ उलीसैन जङ्गलमा घाँस काट्न क्रममा रुखबाट लडेर दिउसो दुई बजे मृत्यु भएको हो ।
यस वर्षको कक्षा १० को अन्तिम परीक्षा एसइई चैत ७ गतेबाट सञ्चालन हुँदै छ । का
पार्टीले अवलम्बन गरेको विचारको आधारमा पार्टीको आफ्नै मार्गदर्शक सिद्धान्त हुन्छ, मार्गदर्शक सिद्धान्तका मूलभूत मान्यताका आधारमा पार्टीको कार्यक्रम, कार्यनीति, वैचारिक तथा राजनीतिक कार्यदिशा निर्धारण गरिन्छ ।
तनहुँ, चैत ४ गते । यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गर्नुभयो ।फूलको व्यापार विस्तार गर्दै गुरुङले उहाँले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहनुभएको छ । हाल उहाँले मासिक रु दुई लाख आम्दानी लिने गरेको गुरुङले बताउनुभयो । गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै रु २० लाखसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक रु आठ–नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब रु दुई लाख बचत हुने उहाँले बताउनुभयो ।“पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ”, गुरुङले भन्नु्भयो । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । “व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ”, उहाँले भन्नुुभयो ।
सोलुखुम्बु, चैत ४ गते । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत माघदेखि चैत ३ गतेसम्ममा हावाहुरीका कारण जिल्लामा २६ वटा घटना भएका छन् । जसमा २० वटा निजि घर तथा संरचना, तीन वटा विद्यालय भवन, दुई वटा धार्मिक संरचना र एउटा सरकारी संरचनामा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिकामा सबै भन्दा बढी १४ वटा भौतिक संरचनामा क्षति पु¥याएको छ ।जसमा १० वटा निजी घर तथा संरचना, दुई वटा गुम्बा, सीमा प्रशासन कार्यालय नाम्चेको कार्यालय रहेको सरकारी संरचना र एक विद्यालय भवनमा क्षति पुगेको छ । सोलुदुधकुण्ड नगरपालिकामा एक विद्यालय भवन र सात निजी घर गरी आठ वटा र सोताङ गाउँपालिकामा एक विद्यालय भवन र तीन घरमा गरी चार वटा संरचनामा क्षति पु¥याएको प्रहरीले जनाएको छ । “अघिल्ला वर्षहरुमा यस वर्षको जस्तो ठुलो हावाहुरीले क्षति पु¥याएको देखिएन, यो वर्ष त माघदेखि जिल्लामा हावाहुरीले ठुलो मात्रामा क्षति पु¥याउन थालेको छ”, प्रनाउ घिमिरेले भन्नुभयो । हावाहुरीका कारण कतिपय स्थानमा रुखहरु जरा पल्टिएर ढलेका छन् भने सल्लेरी, गार्मालगायतका क्षेत्रमा ढलेको रुखका कारण हाइटेन्सन लाइनमा क्षति पुग्दा बारम्बर विद्युत सेवा अवरुद्ध हुने गरेको छ । लाइन विस्तार भएका क्षेत्रमा रुखहरु ढल्ने कारण सदरमुकामसहितका क्षेत्रमा धेरै पटक विद्युत् सेवा अवरुद्ध भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सोलुखुम्बुका महाप्रबन्धक भोजराज तिवारीले बताउनुभयो । हावाका कारण बाहिर हिँड्डुल गर्न तथा विद्यार्थीलाई विद्यालय जान जोखिम हुने गरेको छ । घरका छानोहरु उडाउने तथा बाटो आसपासका रुखहरु ढलेर दुर्घटना निम्तने जोखिम उच्च भएको गार्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदसिं तामाङले बताउनुभयो । जसलाई मध्यनजर गरी स्थानीय प्रशासनले सूचना नै जारी गरेको छ । तीव्र गतिको हावा निरन्तर चलिरहेकाले मानवीय क्षति हुन नदिन सचेतनामूलक सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो । हावाहुरीको वितण्डा यो वर्ष झन धेरै “खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन्, हावाले घरहरु त परको कुरा रुखहरु नै जराबाटै पल्टिन थाल्यो १ डाँडाहरु हावाले फुकेर फुङ्ग हुँदै गएको छ, यस्तो हुनु राम्रो होइन”, यहाँको सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी ७१ वर्षीया जाङ्बु शेर्पाले आश्चर्यमिश्रित भावमा भन्नुभयो । विगतमा सामान्य हावा चल्ने भए पनि यस पटक सोलुखुम्बुमा अस्वाभाविक गतिमा हावा चलेको अनुभव स्थानीयको छ । हावाका कारण सगरमाथा क्षेत्रको थामेदेखि सदरमुकाम सल्लेरीसहित सोताङ आसपासमा घर, विद्यालय जस्ता संरचनाहरुमा ठूलो क्षति पुगेको छ । जलवायु परिवर्तनको गम्भीर असरः विज्ञविज्ञहरुका अनुसार यसरी तीव्र्र गतिमा अस्वाभाविक हावाहुरी चल्नु जलवायु परिवर्तनको गम्भीर असर हो । जलवायु विज्ञ तथा सगरमाथा संवादका विज्ञ सदस्य डा धर्मराज उप्रेतीका अनुसार स्थानीय मौसमी प्रणालीहरू पर्वतीय भूभाग भएका क्षेत्रमा स्थानीय मौसमी प्रणालीको विकास हुन सक्छ । जसले तीव्र हावाहुरी निम्त्याउन सक्ने डा उप्रेतीको भनाइ छ । हिमाली क्षेत्रमा तापक्रमको तीव्र उतारचढावले हावाको चापमा परिवर्तन गराई तीव्र गतिको हावाहुरी सिर्जना भइरहेको उहाँले बताउनुभयो । डा उप्रेतीले भन्नुभयो, “वैश्विक तापमान वृद्धिका कारण मौसम प्रणालीहरूमा अस्थिरता बढ्दै गएको छ, जसले गर्दा अनियमित र तीव्र हावाहुरीजस्ता घटनाको आवृत्ति र तीव्रता बढेको हो, यो पृथ्वीका लागि गम्भीर खतराको सङ्केत हो । मुख्यतः यो जलवायु परिवर्तनकै असर हो ।” नेपालमा प्रायः यस बेला पश्चिमी वायु प्रणालीको प्रभावले हावाहुरी र वर्षा हुने गर्दछ । यदि यस्तो प्रणाली सक्रिय छ भने सोलुखुम्बुमा तीव्र हावाहुरीको सम्भावना बढ्न सक्ने जलवायु जानकार डब्लूडब्लुएफका राष्ट्रिय कार्यक्रम प्रबन्धक राजन थापा बताउनुहुन्छ । पृथ्वीमा हावा चल्नुको मुख्य कारण सूर्यको ताप, वायुदाबको भिन्नता, पृथ्वीको घुमाइ र स्थल तथा जलका गुणहरू हुन् । वायुदाबको भिन्नता भन्नाले पृथ्वीको विभिन्न स्थानमा वायुमण्डलद्वारा पारिएको हावाको चापमा हुने फरक हो । यी कारकले मिलेर पृथ्वीको वायुमण्डलमा हावाको गति सिर्जना गर्ने थापाले बताउनुभयो । जलवायु परिवर्तनको असरले गर्दा हिमाली भेगको जमिन अत्यधिक तातिरहेको छ जसले हावाको वेगमा परिवर्तन आएको हुन सक्ने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्ने भएकाले हावाको दिशा पृथ्वीको घुमाइले प्रभाव पार्छ । जलवायु परिवर्तनको कारणले पृथ्वीको घुमाइलाई असर पारेको छ भने हिमाली भेगमा हावाको गति अस्वाभाविक हुन सक्छ । यो गम्भीर अध्ययनको विषय हो । यो असर भोलीका दिनमा बढ्न सक्छ, जसका लागि पुर्वसूचना प्रणाली जडान गर्नुपर्छ ।”
मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा भएको तीनदिने ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ को प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार समापन गर्नुभएको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा हुम्ला जिल्लाको संस्कृति संरक्षण समाजले प्रथम राष्ट्रिय देउडा प्रतियोगिता आयोजना गर्न लागेको छ ।
मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ को गीत ‘रात किन हुन्छ हजुर’ सार्वजनिक भएको छ ।
जैविक विविधताले महत्वपूर्ण पर्यटकीय क्षेत्र घोडाघोडीको पर्यटन प्रवर्धनका लागि विदेशी पर्यटकको समूह रेन्बो फ्यामिलीसँग सांस्कृतिक आदानप्रदान कार्यक्रम गरिएको छ ।
बर्दिबास प्रहरीले ५४७ किलो गाँजासहित मिनी ट्रक र यसका चालकलाई नियन्त्रणमा लिएको छ ।