बाबुराम शर्मा
दोलखा, चैत ४ गते । शान्तिका लागि दोलखाको सदरमुकाम चरीकोटस्थितको पशुपति मन्दिर प्राङ्गणमा पाँच दिने चौसठ्ठी लिङ्गको पूजा तथा महात्य र पशुपति पुराण वाचन गर्न लागिएको छ ।
पशुपति मन्दिर संरक्षण समिति चरीकोट, काष्ठमण्डप र बृहत् आध्यात्मिक परिषद गोरखा पिठ सिद्धाञ्चल मृगस्थलीको संयुक्त आयोजनामा यो कार्य गर्न लागिएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
संरक्षण समिति अध्यक्ष बिपिन श्रेष्ठका अनुसार पुराण वाचन पण्डित बद्रीप्रसाद सुवेदीले गर्नु हुनेछ भने होमादि नवनाथले गर्ने कार्यतालिका रहेको छ । यो धार्मिक कार्यले शान्ति कायम गर्ने र पौराणिक कुराको भविष्यका कर्णाधारमा पुग्ने अपेक्षा राखिएको छ । चैत ११ गतेदेखि १६ गतेसम्म धार्मिक विधि अनुसार कार्य गरिने तालिका रहेको छ ।
कार्यक्रमको जानकारी दिँदै सिद्धाञ्ल मृगस्थलीका ऋषिकेशजङग शाहले शान्ति कामय गर्दै मुलुक बचाउन खोजिएको प्रसङ्ग दिँदै भन्नुभयो, "यो कार्यले मुलुकमा समृद्धि स्थापना गर्न सहयोग पुग्छ । देशमा रहेका चौसठ्ठी लिङ्गमध्येको पहिलो लिङ्ग सिन्धुलीको केशेश्वरमा यो कार्य भइसकेको छ । दोश्रो लिङ्ग दोलखामा रहेकाले चौसठ्ठी लिङ्गकाे पूजा तथा महात्य र पशुपति पुराण वाचन गर्न लागिएको हो ।