राधाकृष्ण डुम्रे
वालिङ, चैत ४ गते । स्याङ्जाकोे चापाकोटमा रहेको राधा दामोदर संस्कृत विद्यापीठको स्वतन्त्र विद्यार्थी युनियन सहमतिमा चयन भएको छ । स्वतन्त्र विद्यार्थी युनियन विद्यापीठको सभापतिमा नेपाल विद्यार्थी सङ्घका रबिन भट्टराई चयन हुनुभएको निर्वाचन समिति संयोजक तारानाथ पोख्रेलले जानकारी दिनुभयो ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको विद्यापीठमा ९ सदस्यीय स्ववियुको चयन गरिएको हो । उपसभापतिमा अनेरास्ववियुका अन्जना नेपाली चयन हुनु भएको छ भने अरु सबै पदमा नेविसङ्घका विद्याथी चयन भएका छन् ।
नवनिर्वाचित समितिको सचिवमा मुना खनाल, कोषाध्यक्षमा सुजाता पोख्रेल, सहसचिवमा अपेक्षा अधिकारी चयन हुनुभएको छ । यस्तै, सदस्यहरूमा अर्जुन भट्टराई, सीता अधिकारी,अरुण अधिकारी र अनुपा भट्टराई चयन हुनुभएको विद्यापीठले जनाएको छ ।
योसँगै दुई वटा क्याम्पसमा स्ववियुको चयन भएको छ भने कालीगण्डकीको मिर्मी बहुमखी क्याम्पसमा विवाद छ । गल्याङ्को सार्वजनिक बहुमुखी क्याम्पसमा सहमतीका आधारमा स्ववियु गठन भएको हो ।
अन्य ४ क्याम्पसमा मङ्गलबार स्ववियुको चुनाव हुँदैछ ।