प्रधानमन्त्री केपी शर्मा ओलीले पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ) को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली संघको पिएनओ केन्द्रित दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनमा प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नति सुरु भएको करिब ६ वर्ष बिते पनि अहिलेसम्म निर्माणको काम पूरा हुन सकेको छैन । नेपालगञ्ज उपमहानगरपालिका सवइञ्जिनियर पवन बुढाले पछिल्लो पटक निर्माण कम्पनीलाई गत असारमा काम सक्नेगरी ठेक्का सम्झौता भएको जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले राजनीतिक दल र सरकारमा रहेका नेतृत्वले आमनागरिकको चाहनालाई पूरा गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय फुटबल टोलीले सिङ्गापुर र मलेसियासँग खेल्न लागेको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २३ सदस्यीय खेलाडी टोलीको घोषणा भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दोहोरो नागरिकतालाई नेपालले स्वीकार नगरेको प्रष्ट पार्नुभएको छ । सोमबार प्रतिनिधि सभामा ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१’ माथि भएको छलफलमा सांसदहरुले राखेको सुझावका विषयमा जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामामा मधेश प्रदेशलाई ८३ रनले हराएसँगै लुम्बिनी प्रदेशले पिएम कपमा चौथो जित हासिल गरेको छ ।
गण्डकी प्रदेशका ११ जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४५ हजार सात सय ९६ विद्यार्थी सहभागी हुने भएका छन् । प्रदेशका एक हजार तीनसय ७४ विद्यालयका विद्यार्थीले दुईसय पाँच परीक्षा केन्द्रबाट परीक्षा दिने भएका छन् ।
कपिलवस्तुको नेपाल–भारत सीमाबाट एक महिनामा ६४ लाख बढीका राजस्व छलेर ल्याएका सामग्री बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २८ गण मुख्यालय कपिलवस्तुको टोलीले सीमा क्षेत्रमा कडाइका साथ निगरानी गर्दा विभिन्न अवैध सामग्री पक्राउ परेको हो ।
१७औँ संस्करणको धर्मश्री राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
घोराही तुलसीपुर सडक खण्डको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाकाअनुसार घोराहीबाट तुलसीपुरतर्फ आउँदैगरेको अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर –१७ र १८ नम्बरको सिमानामा पर्ने बेल्झुण्डीनजिक मोटरसाइकलसँग ठोक्किदा दुर्घटना भएको हो ।
नवलपरासी पश्चिममा चैत ७ गते बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला परीक्षा समन्वय समितिले जानकारी दिएको छ ।
२०औँ राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल एपिएफ क्लबले जितेको छ ।
स्थानीय तहमा कार्यरत कर्मचारीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना दिएका छन्।
स्ववियु निर्वाचनमा अनावश्यक राजनीति गरिएको भन्दै क्याम्पसका १२ जना सञ्चालक समितिले सामुहिक राजीनामा दिएका छन् ।
गोरखाको पालुङटार नगरपालिका–९ खारखोलमामा डेढ वर्षमा सम्पन्न गर्नुपर्ने मोटरेबल पुल एघार महिनामै निर्माण सम्पन्न भएको छ ।