• ४ चैत २०८१, सोमबार

सिङ्गापुर र मलेसियासँगको खेलका लागि फुटबल टोलीको घोषणा

blog

तयारी गर्दै नेपाली खेलाडी ।

काठमाडौँ, चैत ४ गते । राष्ट्रिय फुटबल टोलीले सिङ्गापुर र मलेसियासँग खेल्न लागेको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २३ सदस्यीय खेलाडी टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साेमबार दोस्रो चरणको बन्द प्रशिक्षणमा रहेका २७ खेलाडीबाट सिङ्गापुरसँगको मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसिएन कप–२०२७ छनोट खेलका लागि खेलाडी टोलीको घोषणा गरेको हो ।

नेपालले यही मार्च २१ तारिख सिङ्गापुर र मार्च २५ तारिख मलेसियासँग खेल्दैछ । मुख्य प्रशिक्षक म्याट रोसले टोलीमा तीन जना नयाँ खेलाडीलाई स्थान दिनुभएको छ । टोलीमा परेका तीन नयाँ खेलाडीमा गोलरक्षक अन्जल श्रेष्ठ, रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी हुनुहुन्छ ।  

नेपाली टोली  

गोलरक्षक : किरणकुमार लिम्बू, दीप कार्की र अन्जल श्रेष्ठ

रक्षक : अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बू र सुमन श्रेष्ठ

रक्षक :  रोहित चन्द, लाकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी र कृतिशरत्न छिन्जु

स्ट्राइकर : जिलेस्पीजंग कार्की, अन्जन विष्ट, सुवास बम ठकुरी  रेजिन सुब्बा