सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक थापालाई नियुक्त गरेको हो ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले रानाथारु समुदायको संस्कृतिले सबैको मन जितेको बताउनु भएको छ ।
हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुले समुदायमा आधारित रेड पान्डा संरक्षण परियोजना सम्बन्धी जिल्ला स्तरीय सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।
मनाङमा ४६ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । यही चैत ७ गतेदेखि हुने परीक्षाका लागि जिल्ला सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको छ ।
राजविराज नगरपालिका वडा नम्बर ६ स्थित खैरसाल टोलमा सोमबार आगलागी हुँदा लाखौँको धनमाल जलेर नस्ट भएको छ ।
ड्रमको डुङ्गा चढेर कर्णाली नदी तर्ने क्रममा एक जना बेपत्ता हुनुभएको छ । कालीकोटको कर्णाली काेरिडोरअन्तर्गत पलाता-९ मा पर्ने घाटपारी चौर नदी क्षेत्रमा डुङ्गाबाट खसेर मुगु रारा छायानाथ नगरपालिका-१० का २३ वर्षीय देवनाथ सेजुवाल आज बेपत्ता हुनुभएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने आफ्नो कुनै मनसाय नरहेको बताउनुभएको छ । गत जनवरीमा ट्रम्पले विभिन्न व्यापारिक साझेदारबाट आपुर्ति हुने स्टिल र आल्मुनियमलगायतका सामानमा कर लगाउने घोषणा गर्नुभएको थियो ।
बङ्गलादेशको सङ्क्रमणकालीन सरकारका प्रमुख नेता मोहम्मद युनुस यसै महिना कूटनीतिक सद्भावना भ्रमणका लागि बेइजिङ जाने भएका छन् । छिमेकी मुलुक भारतसँगको चिसो सम्बन्ध देखिएका समय उहाँको चीन भ्रमण हुन लागेको हो ।
जनस्वास्थ्य कार्यालय चितवनले सञ्चालन गरेको जनस्वास्थ्य अभियान तथा पोषण प्रवर्धन कार्यक्रममा छ सय ९३ जनाले सेवा लिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प गरेको छ ।
यमनको इरान समर्थित हुथी विद्रोहीले २४ घण्टाभित्र अमेरिकी विमानवाहक समूहमाथि दुई पटक आक्रमण गरेको दाबी गरेपछि चीनले सोमबार रेड सी क्षेत्रमा तनाव कम गर्न ‘वार्ता’ गर्न आह्वान गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौता गर्न आह्वान गरेको पत्र उहाँको आफ्नो सार्वजनिक अभिव्यक्तिसँग मेल खाएको इरानले सोमबार बताएको छ ।
गोली लागेर स्थानीय २२ वर्षीय सन्तोष यादव घाइते भएको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले बताउनुभयो ।
सप्ताहन्तमा मध्य र दक्षिणी संयुक्त राज्य अमेरिकामा विनाशकारी आँधीबेहरी र हिंसात्मक तूफानले कम्तीमा ४० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रभावित क्षेत्रका स्थानीय समाचार च्यानलहरूले घरहरूको छत च्यातिएको, रुखहरू ढलेका र तीव्र हावाले ट्रकहरू पल्टिएको भिडियो देखाएका छन् ।
सोलुखुम्बुको थामेका बाढी पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि फ्रान्सेली राजदूतावासबाट अनुदान रकम प्राप्त भएको छ ।