• ४ चैत २०८१, सोमबार

प्रहरी महानिरीक्षकमा थापा नियुक्त

blog

मन्त्रिपरिषदको बैठकको निर्णयबारे जानकारी दिनुहुँदै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ४ गते । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक थापालाई नियुक्त गरेको हो । 

बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले प्रहरीको महानिरीक्षकमा थापालाई नियुक्त गरेको बताउनुभयो । मन्त्रीपरिषद्को नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औं आइजिपी बन्नुभएको छ ।