नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताप्रति जिम्मेवार बनाउने गरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
सफ्टवेयर बन्द भएपछि मुगुमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ ।
नेपाल आएका हिउँदे आगन्तुक जलपन्छी चिसो भएको ठाउँतिर फर्कन थालेका छन् । अत्यधिक चिसो छल्न नेपाल आइपुगेका विभिन्न प्रजातिका जलपन्छी फेरि चिसो भएकोतिर फर्कन थालेका हुन्।
चैत ७ गतेदेखि सुुरु हुने यो वर्षको एसअइई परीक्षामा सहभागी हुुने विद्यार्थीलाई इलाममा विद्यालय पोशाक अनिवार्य गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले आज जिल्लाका सबै माध्यमिक विद्यालयलाई पत्राचार गर्दै विद्यार्थीलाई विद्यालय पोशाक अनिवार्य भएको सूचना गरेको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले यु–१९ पुरुष विश्वकपको एसिया छनोटका लागि खेलाडी टोली घोषणा गरेको छ ।
फोटो सर्कलले फोटो प्रदर्शनी सुरु गरेको छ । नेपालको इतिहासमा महिलाहरुले दिएको योगदानको चर्चा समेटिएको प्रदर्शनी हेर्न अहिले सर्वसाधारणको चासो बढेको छ ।
पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको ईन्दिरा सुगर एण्ड एग्रो ईन्डिष्ट्रिज प्रालिले उखु खरिद बापतको ५ करोड बढि रकम भुक्तानी नदिएपछि किसानहरु मर्कामा परेका छन् ।
सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक थापालाई नियुक्त गरेको हो ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले रानाथारु समुदायको संस्कृतिले सबैको मन जितेको बताउनु भएको छ ।
हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुले समुदायमा आधारित रेड पान्डा संरक्षण परियोजना सम्बन्धी जिल्ला स्तरीय सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।
मनाङमा ४६ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । यही चैत ७ गतेदेखि हुने परीक्षाका लागि जिल्ला सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको छ ।
राजविराज नगरपालिका वडा नम्बर ६ स्थित खैरसाल टोलमा सोमबार आगलागी हुँदा लाखौँको धनमाल जलेर नस्ट भएको छ ।
ड्रमको डुङ्गा चढेर कर्णाली नदी तर्ने क्रममा एक जना बेपत्ता हुनुभएको छ । कालीकोटको कर्णाली काेरिडोरअन्तर्गत पलाता-९ मा पर्ने घाटपारी चौर नदी क्षेत्रमा डुङ्गाबाट खसेर मुगु रारा छायानाथ नगरपालिका-१० का २३ वर्षीय देवनाथ सेजुवाल आज बेपत्ता हुनुभएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने आफ्नो कुनै मनसाय नरहेको बताउनुभएको छ । गत जनवरीमा ट्रम्पले विभिन्न व्यापारिक साझेदारबाट आपुर्ति हुने स्टिल र आल्मुनियमलगायतका सामानमा कर लगाउने घोषणा गर्नुभएको थियो ।
बङ्गलादेशको सङ्क्रमणकालीन सरकारका प्रमुख नेता मोहम्मद युनुस यसै महिना कूटनीतिक सद्भावना भ्रमणका लागि बेइजिङ जाने भएका छन् । छिमेकी मुलुक भारतसँगको चिसो सम्बन्ध देखिएका समय उहाँको चीन भ्रमण हुन लागेको हो ।