गृह मन्त्रालयले पूर्व राजाका समर्थकद्वारा आयोजित प्रदर्शनको क्रममा भएको हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
गुल्मीको धुर्कोट गाउँपालिकाका सातवटै वडाका किसानलाई गोलासहितको माहुरी घार बितरण गरिएको छ । धुर्कोट कृषि तथा पशु उद्यमशीलता बिकास परियोजनाले ५० थान गोलासहितको माहुरी घार वितरण गरेको हो ।
काठमाडौँ बानेश्वर–तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएपछि जिल्ला प्रशासन कार्यालयले हवाई यात्रुलाई सहजीकरण गर्ने भएको छ। टिकट र परिचय पत्रका आधारमा यात्रुलाई सहजिकरण गर्न प्रशासनले सुरक्षाकर्मीलाई आदेश दिएको हो।
काठमाडौँको तीनकुने क्षेत्रमा तनाव भएपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीका अनुसार सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सेना सडकमा खटाइएको हो । उहाँले सेना परिचालन नभएर सुरक्षार्थ खटाइएको प्रष्ट पार्नुभयो।
चैत १९ मा कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड २०८१’ को थप एक विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
तीनकुने क्षेत्रमा शुक्रबार विरोधमा उत्रिएका प्रदर्शनकारीले कोटेश्वरस्थित जडिबुटी कारखानामा आगो लगाएका छन् ।
जिल्लामा उत्पादित कृषिजन्य वस्तुको प्रवर्धन, स्थानीय कला र संस्कृतिको संरक्षण गर्न सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव –२०८१ को आयोजना गरिएको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ ।
तीनकुनेमा प्रदर्शनका लागि पुगेका केही अराजक समूहले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट्को कार्यालयमा तोडफोड र आगजनीको प्रयास गरेका छन्।
काठमाडौँको आलोकनगरस्थित एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेको छ ।
पशुपालका लागि अनुकुल रहेको सल्यानमा पछिल्लो समय स्थानीय तहहरुले यस क्षेत्रमा लगानी बढाउँदै आएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासका कार्य प्रभावकारी र सफल बनाउन अनुसन्धानको पाटोलाई सँगै लैजानुपर्ने बताउनुभएको छ ।
थाई आपत्कालीन प्रतिक्रियाकर्ताहरूले राजधानी बैंककमा शक्तिशाली भूकम्प आएपछि खसेको भवनको भग्नावशेषमुनि दुई जनाको मृत्यु भएको र अज्ञात सङ्ख्यामा अन्य अझै रहेको बताएका छन् ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आगामी मे ३ मा सङ्घीय निर्वाचन गर्ने घोषणा गर्दै लेबर पार्टीलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
तीनकुने क्षेत्रमा विरोध प्रदर्शनमा उत्रिएका केही समूहले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै तीनकुने र कोटेश्वर क्षेत्रमा लुटपाट मच्चाएका छन्। कोटेश्वरमा आगजानी भएपछि तितरवितर भएका प्रदर्शनकारी लुटपाटमा संलग्न भएका हुन्।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले आगामी बजेटमा प्रदेश सरकारले विपत्लाई प्राथमिकता दिने बताउनुभएको छ।