पुर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ ।
जिल्लाका ९२ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार दुई लाख ९८ हजार १६ जनामा खानेपानी सुविधा पुगेको हो ।
हरेक वर्ष जनैपूर्णिमामा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा ठुलो धार्मिक मेला लाख्छ । यस वर्ष पनि मेला सुरु भएको छ । देशभरबाट ढोर बराह मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन शनिबारदेखि नै ढोरपाटन पुग्न थालेका छन् ।
दैलेख जिल्लाका स्थानीय सरकारले इन्धन, गाडीभाडा र मर्मतमा करोडौँ रकम सक्ने गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २५ अनुसार वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दीर्घकालीन पुँजी निर्माण हुने कार्यमा खर्च गर्ने व्यवस्था गरेको छ । तथापि स्थानीय तहहरूले अत्यावश्यक पर्ने क्षेत्रबाहेक आवश्यकताको पहिचानै नगरी इन्धन, मर्मत र गाडीभाडामा करोडौँ रुपियाँ खर्च गर्ने गरेका हुन् । गाउँपालिका तथा नगरपालिकाका आफ्ना गाडी प्रयोग गरेको भए पनि फर्जी बिल निर्माण गरी निजी गाडी भाडामा लिएको भन्दै भुक्तानीसमेत गरेको पाइएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाको पर्यटकीय गन्तव्यस्थल ऐनापहरा झरनामा शनिबार पर्यटकको भिड ।
कैलालीको भजनी नगरपालिकाका कतिपय किसानको चैते धान खेतमै उम्रिएको छ । चैते धान भित्र्याउने बेला गत असार अन्तिमतिर बाढी आएपछि किसानले बाली भित्र्याउन नपाउँदा यस्तो अवस्था आएको हो । पाकेको चैते धान धेरै दिनसम्म पानीमा डुबेको डुब्यै भएपछि कुहिनुका साथै खेतमै उम्रिएको छ ।
महोत्तरी, भदौ २ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित वन क्षेत्रमा भेडा चराउँदै एक किसान । तस्बिरः रासस
मान्म, भदौ २ गते । कालिकोटको सदरमुकाम मान्ममा रहेको ५० शय्याको जिल्ला अस्पताल कालिकोटको भवन र आसपासको क्षेत्र । तस्बिरः रासस
दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा परी १० सिरियालीको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिले नवलपुरको देवचुली नगरपालिका–१७, झराइखोलामा सञ्चालन गरेको धर्मकाँटामा प्रहरीले ताला लगाइदिएको छ । धर्मकाँटाको नाममा अनेकौँ विकृति फैलिएको भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहबरमा ताला लगाएर धर्मकाँटा सञ्चालनमा रोक लगाएको हो । धर्मकाँटाको नाममा खुलेआम लुट मच्चाएको, अराजकता, मनपरीतन्त्र र गुन्डागर्दी चलाएकाले बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो ।
राप्तीसोनारी गाउँपालिका–६, सिधनवास्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा निम्न माध्यमिक विद्यालय तहका अङ्ग्रेजी विषयका शिक्षक गणेश खड्का हरेक शुक्रबार विद्यार्थीको अभिभावकका घरमा पुग्नुहुन्छ । शिक्षक खड्का यसरी हरेक शुक्रबार अभिभावकको घरमा पुग्न थाल्नुभएको एक वर्षभन्दा बढी भइसक्यो । खड्काले गत वर्षको वैशाख १८ गतेबाट ‘हप्तामा एक दिन अभिभावकसँग’ भन्ने अभियान नै सञ्चालन गरेर हरेक हप्ताको शुक्रबार अभिभावकको घरमा पुगेर भेटघाट सुरु गरेको बताउनुहुन्छ ।
प्रकृतिको प्रकोप पृथ्वी जगत्को पीडा हो । बाढी, पहिरो, डुबान, भूकम्प, ज्वालामुखी, डढेलो आदिले पृथ्वीका अनेक भूभागलाई तरह तहरले पीडा दिइरहेको हुन्छ । पृथ्वीका सबै भूखण्ड समान छैनन् । कतिपय भूखण्ड उच्च प्राकृतिक प्रकोपका क्षेत्रमा पर्छन् भने कतिपय भूखण्ड तुलनात्मक रूपमा सुरक्षित छन् । हिमाली मुलुक नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा पर्दै आएको छ । हिमाली तथा पहाड भेगमा बाढी, पहिरोले बर्सेनि धेरैतिर दुःख दिइरहेको छ भने तराई क्षेत्रमा बर्सात
अहिले संसारमा संसद्को प्रभावकारिता जति बढ्छ उति लोकतन्त्र सबल हुन्छ भन्ने मान्यता बढ्दो छ । उदाहरण बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्ड हो । हाल फिनल्यान्डले संसारमै सुशासनको सन्देश दियो । बेलायतमा १९४६ मा नै ‘स्टाट्युटोरी इन्टु«मेन्ट एक्ट’ जारी गरेर अधीनस्थ विधायनलाई नियन्त्रण गर्ने काम गरियो । भारतमा भने अलि लचिलो छ । त्यहाँ सर्वोच्च अदालतले एउटा ऐनका बारेमा मुद्दा परेपछि अनिवार्य संसद्समक्ष प्रत्यायोजित विधायन पेस गर्न निर्देशन दि
हामी अहिले मिडियालगायत विविध प्रविधिको व्यापक प्रयोग गर्ने युगमा छौँ । एक अर्थले हामी यन्त्रका दास जस्तै भइसकेका छौँ । हुन त यी सबको आविष्कार, निर्माण गर्ने मस्तिष्क पनि मान्छेकै हो । यी सब भनिरहनुको उद्देश्य हामी मानव समाज, मानवताको कुरा त्यो यन्त्रबाट गर्छौं तर मानवीय मूल्य भुल्दै गइरहेका पो छौँ कि भन्ने अनुभूत हुन्छ । हामीलाई अरूको कमीकमजोरी औँल्याउने र आलोचना गर्ने, विमति पोख्ने मनोरञ्जन लिने त एउटा माध्यम छ सामाजिक सञ्जाल । यो आफ्नो न्यायाधीश
ठेक्कापट्टामार्फत गरिएको निर्माण कार्य वा मालसामानको खरिद गुणस्तरयुक्त हुन्न भन्ने आममानसिकता रहँदै आएको छ । जब विनियोजन भएको रकम खर्च नभएका कारण जिम्मेवार अधिकारीलाई सोधिन्छ–उत्तर आउँछ खरिद कानुनको कारण खरिद हुन सकेन । यस्ता समस्यालाई देखाएर थेगोका रूपमा भन्ने गरिएको छ– खरिद कानुन बाधक भ