चुलाचुली गाउँपालिकाका अधिकांश मुख्यसडक कालोपत्र भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारी एवं गाउँपालिकाको बजेटमा छवटै वडा कार्यालय जोड्ने सडक कालोपत्र गरिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिनुभयो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा गठन भएको प्रदेश सरकारले एक सय दिन पूरा गरेको छ । सय दिन पूरा गरेको सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी सरकारका ६० उपलब्धि सार्वजनिक गरिएको छ ।
सुजाता एक वर्षपछि घर फर्किन् । चतुरेलाई चौतारोमा बसेर बाटो हेरिरहेको देखिन् । सुजाताले उसलाई चार/पाँच वर्षअघि स्कुलबाट फर्र्किंदा बाटोमा एक्लै भेटेर घरमा ल्याएकी थिइन् । चतुरे नामले बोलाउन थालिन् । अनि ऊ चतुरे भयो । त्यतिबेला ऊ दुई महिना जतिको हुँदो हो । निकै दुब्लो र ख्याउटे थियो । टोलका कति मानिस सुजा
मार्फा परिचित गाउँको नाम हो । गाउँ तल हुँदै शान्त अनि आफ्नै गतिमा बग्ने काली गण्डकी नदी । वरिपरि पहाडले घेरिएको सम्म परेको फाँटमा गुजुमुजु परेका घरहरू । मार्फालीको जीवनशैली,भाषा,धर्म,मौलिक संस्कार, कला संस्कृति ,गुम्बा ,गुफाहरू लगायत यहाँ रहेका ऐतिहासिक सम्पदा भिन्न र सौन्दर्यको अनुपम उपहार हो ।
दिवस भनेको दिउँसोको समय वा दिन हो । मानव समुदायमा अनेकन घटना हुन्छन् । विशेष घटनाको सम्झना गर्न तोकिएको विशेष दिनलाई दिवस भन्ने गर्छौं । त्यस्ता दिवसलाई विभिन्न देशका समुदायले सम्झिने गर्दछन् । देशभित्र मात्र मनाइनेलाई राष्ट्रिय दिवस भनिन्छ भने संसारभरि मनाइनेलाई विश्व वा अन्तर्राष्ट्रिय दिवस भनिन्छ । राष्ट्रिय शिक्षा दिवस, राष्ट्रिय योग दिवस, राष्ट्रिय बालबालिका दिवस आदि नेपालभित्र मात्र मनाइन्छ भने अन्तर्राष्ट्रिय साक्षरता दिवस, अन्तर्राष्ट्रिय नारी दिवस, विश्व पृथ्वी दिवस आदि विश्वभ
कर्णाली प्रदेशको हुम्लामा सिमकोट गाउँपालिका छ । यस गाउँपालिकाको स्थापना २०७३ साल फागुनमा भएको हो । यस गाउँपालिकाको पूर्व र दक्षिणमा खार्पुनाथ गाउँपालिका तथा पश्चिम र उत्तरमा नाम्खा गाउँपालिका रहेको छ । गाउँपालिकालाई गणतन्त्र स्थापना हुनुअगाडि गाउँ विकास समिति भनिन्थ्यो । सिमकोट, वरगाउँ, ठेहे, डाँडाफया र स्याँडा गाउँ विकास समितिलाई जोडेर सिमकोट गाउँपालिका बनाइएको हो । यस गाउँपालिकामा आठ वटा वडा छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
गए रातिदेखि परेको अविरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो ।
पुर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ ।
जिल्लाका ९२ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार दुई लाख ९८ हजार १६ जनामा खानेपानी सुविधा पुगेको हो ।
हरेक वर्ष जनैपूर्णिमामा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा ठुलो धार्मिक मेला लाख्छ । यस वर्ष पनि मेला सुरु भएको छ । देशभरबाट ढोर बराह मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन शनिबारदेखि नै ढोरपाटन पुग्न थालेका छन् ।
दैलेख जिल्लाका स्थानीय सरकारले इन्धन, गाडीभाडा र मर्मतमा करोडौँ रकम सक्ने गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २५ अनुसार वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दीर्घकालीन पुँजी निर्माण हुने कार्यमा खर्च गर्ने व्यवस्था गरेको छ । तथापि स्थानीय तहहरूले अत्यावश्यक पर्ने क्षेत्रबाहेक आवश्यकताको पहिचानै नगरी इन्धन, मर्मत र गाडीभाडामा करोडौँ रुपियाँ खर्च गर्ने गरेका हुन् । गाउँपालिका तथा नगरपालिकाका आफ्ना गाडी प्रयोग गरेको भए पनि फर्जी बिल निर्माण गरी निजी गाडी भाडामा लिएको भन्दै भुक्तानीसमेत गरेको पाइएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाको पर्यटकीय गन्तव्यस्थल ऐनापहरा झरनामा शनिबार पर्यटकको भिड ।
कैलालीको भजनी नगरपालिकाका कतिपय किसानको चैते धान खेतमै उम्रिएको छ । चैते धान भित्र्याउने बेला गत असार अन्तिमतिर बाढी आएपछि किसानले बाली भित्र्याउन नपाउँदा यस्तो अवस्था आएको हो । पाकेको चैते धान धेरै दिनसम्म पानीमा डुबेको डुब्यै भएपछि कुहिनुका साथै खेतमै उम्रिएको छ ।