काठमाडौँ, चैत १७ गते । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण निर्माण गर्न सबैको प्रयास आवश्यक भएको बताउनुभएको छ ।
आफूले उत्पादन गरेको आलु वालिङमा सञ्चालनमा आएको शीतभण्डारमा राख्न पाएकाले वालिङ नगरपालिका–६ का कृषक शोभाकान्त पाण्डे उत्साहित हुनुहुन्छ ।
उत्पादनले मूल्य नपाउँदा तरकारी किसान चिन्तित भएका छन् । यसअघि १० रुपियाँ किलोमा काउली बिक्री गरेका किसान गोलभेँडा पाँच रुपियाँमा बिक्री गर्नु परेपछि मर्माहत छन् । त्यसमाथि ग्राहक नपाउँदा समस्या थपिएको छ ।
निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनबाट प्रभावित वन क्षेत्रमा जग्गा सट्टाभरण प्रक्रिया सुरु भएको छ ।
तीन महिनापछि गुल्मीको रेसुङ्गा विमानस्थलबाट उडान हुने भएको छ । गत पुस ४ गतेबाट उडान हुन नसकेको विमानस्थलबाट सोमबार उडान भर्ने तयारी रहेको विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।
शुक्रबार राजधानीको तीनकुनेलगायतका क्षेत्रमा आन्दोलनका नाममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमणप्रति निजी क्षेत्रका संस्थाले विरोध जनाएका छन् ।
सरकारले सुन आयातमा लाग्दै आएको भन्सार महसुल घटाए पनि सुनको आयातमा भने कमी आएको छ । गत मङ्सिरदेखि सरकारले सुन आयातमा लगाउँदै आएको भन्सार महसुल २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो । सुनको आयात भने बढ्न सकेको छैन ।
कर्णाली प्रदेशको जुम्लामा स्याउ उत्पादन बढेको छ । स्याउ उत्पादन जसरी बढेको छ, त्यसको ढुवानी सहज हुन नसक्दा कृषकहरूले नोक्सानी पनि उस्तै बेहोर्नु परेको एक अध्ययनले जनाएको छ ।
सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको विधेयक राष्ट्रिय सभाबाट समयसीमाभित्र पारित गर्न एक दिन मात्रै बाँकी रहँदा अध्यादेश निष्क्रिय हुने जोखिम बढेको छ ।
चारबर्से कार्यकालका लागि नियुक्त हुनुभएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले १३ महिनामै राजीनामा दिनुभएको छ ।
सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को सेट परिवर्तन गरी सुरक्षाकर्मीको सङ्ख्या घटाएको छ ।
प्रेस चौतारी नेपालले पूर्व राजावादीहरुको प्रदर्शनका क्रममा आक्रमणमा परी क्षति भएका सञ्चार माध्यमको स्थलगत अवलोकन गरेको छ ।
गोरखापत्रका लागि बाँकेको खजुरा समाचारदाता गजेन्द्र गुरुङ सम्मानित हुनुभएको छ । शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको अवसरमा गुरुङ उत्कृष्ट पत्रकारका रुपमा सम्मानित हुनुभएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण एसियामा नेपाल लगानीका लागि प्रचुर सम्भावनाको क्षेत्र रहेकाले गैरआवासीय नेपालीलाई लगानीका लागि आग्रह गर्नुभएको छ ।