कर्णाली प्रदेशको हुम्लामा सिमकोट गाउँपालिका छ । यस गाउँपालिकाको स्थापना २०७३ साल फागुनमा भएको हो । यस गाउँपालिकाको पूर्व र दक्षिणमा खार्पुनाथ गाउँपालिका तथा पश्चिम र उत्तरमा नाम्खा गाउँपालिका रहेको छ । गाउँपालिकालाई गणतन्त्र स्थापना हुनुअगाडि गाउँ विकास समिति भनिन्थ्यो । सिमकोट, वरगाउँ, ठेहे, डाँडाफया र स्याँडा गाउँ विकास समितिलाई जोडेर सिमकोट गाउँपालिका बनाइएको हो । यस गाउँपालिकामा आठ वटा वडा छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
गए रातिदेखि परेको अविरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो ।
पुर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ ।
जिल्लाका ९२ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार दुई लाख ९८ हजार १६ जनामा खानेपानी सुविधा पुगेको हो ।
हरेक वर्ष जनैपूर्णिमामा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा ठुलो धार्मिक मेला लाख्छ । यस वर्ष पनि मेला सुरु भएको छ । देशभरबाट ढोर बराह मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन शनिबारदेखि नै ढोरपाटन पुग्न थालेका छन् ।
दैलेख जिल्लाका स्थानीय सरकारले इन्धन, गाडीभाडा र मर्मतमा करोडौँ रकम सक्ने गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २५ अनुसार वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दीर्घकालीन पुँजी निर्माण हुने कार्यमा खर्च गर्ने व्यवस्था गरेको छ । तथापि स्थानीय तहहरूले अत्यावश्यक पर्ने क्षेत्रबाहेक आवश्यकताको पहिचानै नगरी इन्धन, मर्मत र गाडीभाडामा करोडौँ रुपियाँ खर्च गर्ने गरेका हुन् । गाउँपालिका तथा नगरपालिकाका आफ्ना गाडी प्रयोग गरेको भए पनि फर्जी बिल निर्माण गरी निजी गाडी भाडामा लिएको भन्दै भुक्तानीसमेत गरेको पाइएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाको पर्यटकीय गन्तव्यस्थल ऐनापहरा झरनामा शनिबार पर्यटकको भिड ।
कैलालीको भजनी नगरपालिकाका कतिपय किसानको चैते धान खेतमै उम्रिएको छ । चैते धान भित्र्याउने बेला गत असार अन्तिमतिर बाढी आएपछि किसानले बाली भित्र्याउन नपाउँदा यस्तो अवस्था आएको हो । पाकेको चैते धान धेरै दिनसम्म पानीमा डुबेको डुब्यै भएपछि कुहिनुका साथै खेतमै उम्रिएको छ ।
महोत्तरी, भदौ २ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित वन क्षेत्रमा भेडा चराउँदै एक किसान । तस्बिरः रासस
मान्म, भदौ २ गते । कालिकोटको सदरमुकाम मान्ममा रहेको ५० शय्याको जिल्ला अस्पताल कालिकोटको भवन र आसपासको क्षेत्र । तस्बिरः रासस
दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा परी १० सिरियालीको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिले नवलपुरको देवचुली नगरपालिका–१७, झराइखोलामा सञ्चालन गरेको धर्मकाँटामा प्रहरीले ताला लगाइदिएको छ । धर्मकाँटाको नाममा अनेकौँ विकृति फैलिएको भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि र पत्रकारको रोहबरमा ताला लगाएर धर्मकाँटा सञ्चालनमा रोक लगाएको हो । धर्मकाँटाको नाममा खुलेआम लुट मच्चाएको, अराजकता, मनपरीतन्त्र र गुन्डागर्दी चलाएकाले बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो ।
राप्तीसोनारी गाउँपालिका–६, सिधनवास्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा निम्न माध्यमिक विद्यालय तहका अङ्ग्रेजी विषयका शिक्षक गणेश खड्का हरेक शुक्रबार विद्यार्थीको अभिभावकका घरमा पुग्नुहुन्छ । शिक्षक खड्का यसरी हरेक शुक्रबार अभिभावकको घरमा पुग्न थाल्नुभएको एक वर्षभन्दा बढी भइसक्यो । खड्काले गत वर्षको वैशाख १८ गतेबाट ‘हप्तामा एक दिन अभिभावकसँग’ भन्ने अभियान नै सञ्चालन गरेर हरेक हप्ताको शुक्रबार अभिभावकको घरमा पुगेर भेटघाट सुरु गरेको बताउनुहुन्छ ।