• १८ चैत २०८१, सोमबार

भृकुटीमण्डपमा समाजवादी मोर्चाको सभा सुरु

blog

नेकपा (माओवादी केन्द्र)द्वारा शुक्रबार काठमाडौँको रत्नपार्कबाट निकालेको र्‍यालीमा सम्बद्ध दलका नेता तथा कार्यकर्ताहरू । तस्बिरः प्रदीपराज वन्त

काठमाडौँ, चैत १५ गते । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जम्मा भएर सुन्धारा, रत्नपार्क हुँदै समाजवादी मोर्चाको आमसभा अहिले भृकुटीमण्डमा सुरु भएको छ । अहिले विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने क्रम सुरु भएको छ । 

भृकुटीमण्डप पुग्नुअघि समाजवादी मोर्चाले झाँकीसहित जुलुस निकालेको थियो । मोर्चावादीका नेता तथा कार्यकताहरू अहिले सभास्थल भृकुटीमण्डमा जम्मा भएका छन् ।

शुक्रबार राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा) ले विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन् । 

मोर्चामा रहेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरूले जुलुसको नेतृत्व गरेका छन् । 

सभास्थलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।