• १८ चैत २०८१, सोमबार

सदन अवरोध गरेर मात्रै समस्या समाधान हुँदैनः अध्यक्ष दाहाल

blog

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, चैत १५ गते । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सदन अवरोध गरेर मात्रै समस्या समाधान नहुने बताउनुभएको छ ।

शुक्रबारको राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्ष दलहरूले सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरी संसद् अवरोध गरेका हुन् ।

अवरोधपछि राष्ट्रियसभा सदस्यहरूलाई बसेर कारबाही अघि बढाउन सहजीकरण गरिदिन आग्रह गर्नुहुँदै अध्यक्ष दाहालले समस्याको समाधान सभा अवरुद्ध गरेर नहुने बताउनुभयो । 

अध्यक्ष दाहालले राजनीतिक दलहरूको सक्रियाताबाट नै समस्या समाधान गर्नुपर्ने बताउनु भयो । सत्तापक्ष र प्रतिपक्ष एक—एकतिर कानमा तेल हाले बसेर मात्रै समस्या समाधान नहुने जिकिर गर्नुभयो ।