काठमाडौँ, चैत १५ गते । तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थकहरू र प्रहरीबिच भडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जानकारी प्रहरीले दिएको छ ।
तीनकुने प्रहरी प्रभागका प्रहरी सहायक निरीक्षक हरिश सिंह धामीका अनुसार, प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुडा प्रहार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको छ, स्थिति अहिले तनावपूर्ण नै छ ।
प्रदर्शनकारीले एउटा घरमा आगजनीसमेत गरेका छन् ।