काठमाडौँ, चैत १५ गते। तीनकुने क्षेत्रमा विरोध प्रदर्शनमा उत्रिएका केही समूहले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै तीनकुने र कोटेश्वर क्षेत्रमा लुटपाट मच्चाएका छन्। कोटेश्वरमा आगजानी भएपछि तितरबितर भएका प्रदर्शनकारी लुटपाटमा संलग्न भएका हुन्।
प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा तोडफोड गर्दै लुटपाटसमेत गरेका छन्। भाटभटेनीको परिसरमा राखिएको फलफूलसँगै विभिन्न सामान लुटिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा फलफूल, पेय पदार्थसँगै अन्य सामान लुटेको देखिन्छ। शुक्रबार पूर्वराजा समर्थकको एक समूहले तीनकुनेमा विरोध कार्यक्रम राखेको थियो ।
भिडियो हेर्नुहोस् :