अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको सीमा शान्त भएको र ‘हालका दिनहरूमा पहिलो शान्त रात’ भएको भारतीय सेनाले सोमबार जनाएको छ ।
एआईले गुगललाई स्वागत ग-यो, “ज्ञानगङ्गा, मेरो यो जुनी तिम्रै उपहार हो !” गुगलको उत्तर थियो,
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सांस्कृतिक पर्वले प्रदेशको मात्र नभई सिङ्गो देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपाली बिचको एकतालाई थप बलियो बनाउने बताउनुभएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–५ सुपिङमा अटो दुर्घटना हुँदा दुई जना घाइते हुनुभएको छ । दुर्घटनामा मकवानपुर भिमफेदी–५ सुपिङ बस्ने ४४ वर्षीय लिलानाथ पुडासैनी र सोही स्थान बस्ने ३३ वर्षीय लक्ष्मी वाइबा घाइते हुनुभएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी सञ्जय सिंह थापाले जानकारी दिनुभयो ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवालाई स्वदेशमै रोक्नका लागि सोहीअनुसारको नीति ल्याउन आवश्यक भएको बताउनुभएको छ ।
पार्टी जिल्ला कमिटीको बैठक झन्डै दिनभर जसो नै बस्यो । बैठकमा अघिल्लो चुनावको समीक्षा, अबको रणनीति जस्ता विषयमा छलफल भए । जिल्ला कमिटीमा कुन कुन नेताका मान्छे
मन उतै थियो, जहाँ किशोरवय बित्यो । हरेक पाइला सर्दै थिए पैतालाले नापे जति, आँखाले देखे जति, हातले मुसारे जति । सम्झनाका तरेलीले मनको धित नमर्दै अचानक गम्बिरे स्मरण
सरकारले नियमन गर्न भन्दै पटक पटक सामाजिक सञ्जालहरूलाई सूचीकरण हुन पटक पटक पत्राचार गरे पनि उनीहरूले अटेर गरेका छन् ।
सन्तोष सुवेदीपाख्रीबास, वैशाख २९, गते । धनकुटाको साँगुरीगढी गाउँपालिका(३, स्थित तमोर कोरिडोर सडक खण्ड अन्तर्गत कुसेटारमा टाटा सुमो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ताप्लेजुङबाट धरान जाँदै गरेको मे १ ज. २६५५ नम्बरको टाटा सुमो आइतबार राति करिब १० बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।दुर्घटनामा परी सुमोमा सवार ८ जना यात्री घाइते भएका छन् । घाइते हुनेमा चितवनको भरतपुर नगरपालिका ११ बस्ने ४५ वर्षीया नमकला फुयाँल, सोही ठाउँ बस्ने अन्दाजी ४७ वर्षीय जयेश्वर पोख्रेल त्यस्तै सोही ठाउँ बस्ने अन्दाजी ३८ वर्षीया इसु पङ्गेनी, अन्दाजी २२ वर्षीया निकिता फुयाँल, अन्दाजी १६ वर्षीया शरिष पोख्रेल, ४६ वर्षीया सावित्री अधिकारी, ५२ वर्षीया दीपचन्द्र घिमिरे, सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षीया नवराज फुयाँल रहेका जिला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।धनकुटाका प्रहरी प्रवक्ता डिएसपी खनालका अनुसार टाटा सुमो गाडी सडकबाट १० फिट तल खसेको जानकारी दिनुभयो । घाइते हुनेहरूलाई धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठान घाेपामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तिलक घर्तीमगर रोल्पा, वैशाख २९ गते । रोल्पाको सुनछहरी गाउँपालिका–४ स्युरीमा खानेपानी पुगेपछि यहाँका स्थानीयहरू खुसी भएका छन् । पुस्तौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरू घरघरमा खानेपानीको धारो निर्माण भएपछि खुसीले दङ्ग बनेका हुन् । घरमै धारो निर्माण भएपछि एउटै धारोमा पालो पर्खनुपर्ने र घण्टौँ लाएर पोखरीमा जानुपर्ने समस्या हटेको स्थानीय नवीन बुढामगरले भन्नुभयो । “उहाँले भन्नुभयो यहाँका स्थानीय महिलाहरू बृद्धअवस्थाका नागरिक तथा बालबालिकाहरूले पुस्तौँदेखि पोखरी वा धारोमा घण्टौँ पालो पर्खेर पानी ल्याउँथे । अहिले एक घरमा एक धारा निर्माण भएपछि यहाँका स्थानीय महिला, बृद्धअवस्थाका नागरिक तथा बालबालिकाहरू त्यो समस्याबाट मुक्त भएका छन् ।” नवीन मात्र नभई यतिबेला सुनछहरी गाउँपालिका –४ स्युरीका २ सय १० घरपरिवार समेत घरघरमा खानेपानी आएपछि हर्षित भएका छन् । पानी नहुँदा घर आसपासमा रहेका जमिन समेत बाँझो थियो । अहिले घरघरमा खानेपानीको धारा निर्माण भएपछि त्यो जमिनमा पनि तरकारी लगाउन सहज भएको स्थानीय चुरामण रोका मगरले बताउनुभयो ।२०८१ असोजबाट सुरु भएको खानेपानी आयोजना २०८२ वैशाख महिलामा सम्पन्न भएको सुनछहरी गाउँपालिका–४ स्युरीका वडा अध्यक्ष हर्कराम बुढामगरले बताउनुभयो । उहाँका अनुसार स्युरीका विभिन्न बस्तीहरूमा पुस्तौँदेखिको खानेपानीको समस्या समाधान गर्न कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजी पोखरा नेपालसँग साझेदारी गरी स्युरी खानेपानी आयोजना सम्पन्न भएको हो । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजी पोखरा नेपालको १ करोड ३५ लाख ६८ हजार ४ सय ७ रुपैयाँ र स्थानीयको १६ लाख १० हजार बराबरको जनश्रमदान गरी कुल १ करोड ५१ लाख ७८ हजार ४ सय ७ रुपियाँ लगानीमा आयोजना सम्पन्न भएको कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजी पोखरा नेपालका प्रोजेक्ट म्यानेजर बालचन राणामगरले भन्नुभयो । स्युरी खानेपानी योजना कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजका डाइरेक्टर कर्नेल एन्ड मिल्स र सुनछहरी गाँउपालिका अध्यक्ष धन बहादुर पुनमगरले २०८२ वैशाख २७ गते संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । स्युरी खानेपानी आयोजनाबाट १ हजार ९४ जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।
बाह्रबिसे–कोदारी सडकअन्तर्गत कोप्लाङ खण्ड भासिएपछि मर्मतसम्भार गर्न वैशाख २८ देखि जेठ ३ सम्म बन्द गरिएको छ । सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्याल
राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सविता पौडेलले पच्चीस सय ६९ औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतमबुद्धको पूजा, आराधना गर्नुभएको छ
बकैया, दुधौरा, बालगङ्गा नदीमा मापदण्डभन्दा चार गुणा बढी मात्रामा बालुवा–गिट्टी उत्खनन भई रहे पनि सम्बन्धित निकाय मौन बसेका छन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उँभौली पर्व र बुद्धजयन्ती २५६९ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रदेश प्रमुख देवकोटाले सोमबार छुट्टाछुट्टै शुभकामना सन्देश प्रकाशन गर्नुहुँदै प्रदेशवासीलगायत सबैमा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो ।
झापाको दमकमा सुविधासम्पन्न तीन सय शय्याको सरकारी अस्पताल बनाइने भएको छ । करोडौँ रुपियाँको लागतमा व्यावसायिक भ्यु टावरलगायतका संरचना दमक