यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो ।
भोजपुरको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा सञ्चालित दुई दिने आँखा स्वास्थ्य शिविरमा ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
यहाँका पालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त बन्दै गएका छन् । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन उनीहरुले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई उच्च प्राथमिकता दिएका छन् ।
युवा स्वदेशमा काम पाइएन भन्दै दैनिक बिदेसिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
काभ्रेपलाञ्चोक सङ्घीय राजधानी काठमाडौँबाट नजिकैको पर्यटकीय गन्तव्यका रूपमा परिचित जिल्ला हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
काठमाडौँ, वैशाख २९ गते । नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र] अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्र निर्माण गर्दै राष्ट्रिय एकता हाँसिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको बताउनुभएको छ ।गौतमबुद्धको जन्मजयन्तीको अवसरमा आज शुभकामना, व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “त्यसैले इतिहासको रथलाई पश्चगमनतर्फ होइन, प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप अधिकार प्राप्तिका लागि अग्रगमनतर्फ अघि बढ्नु आजको आवश्यकता हो ।”बुद्धजयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण भएको उहाँको भनाइ छ । उहाँले भन्नुभएको छ, “शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको पच्चीस सय ६९औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतमबुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गर्नुभएको थियो, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको अध्यक्ष दाहालको भनाइ छ ।अध्यक्ष दाहालले भन्नुभएको छ, “गौतमबुद्धले व्यवहारबाटै दिनुभएको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको छ, क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, समाज परिवर्तनका परिपूरक हुन् । बुद्धको दर्शनले हामीलाई यही गहन पाठ सिकाएको छ ।”
मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा पर्यटन क्षेत्रलाई लिइन्छ । पर्यटन क्षेत्रबाट मनग्य आम्दानी गर्न सक्ने सम्भावना हुँदाहुँदै पनि पूर्वाधारको अभावले पछि परिरहेका छौँ । यहाँको व्यवस्थापन, प्रचार र भएको लगानी अनुसार परिचालन गर्न नसक्दा आशातीत रूपमा बाह्य पर्यटक भित्र्याउन सकिएको छैन ।
काठमाडौँ, वैशाख २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “किराँत समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”जाडो यामको अन्त्य र गर्मी यामको सुरुआतसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्वको रूपमा मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्ति नआऊन् भनेर भूमि, बाली र पितृपूजा गर्दछन् । साथै, विभिन्न परम्परागत नृत्य गर्दै मीठा–मीठा परिकार खाएर आपसमा शुभकामना आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ ।शुभकामनामा भनिएको छ, “उभौलीजस्ता सांस्कृतिक पर्वले देशको सांस्कृतिक विविधताको सम्मान र संरक्षणलाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास लिएको छु ।”उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि शुभकामना सन्देशमा उल्लेख गरिएकोे छ ।
काठमाडौँ, वैशाख २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । “अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।” उहाँले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गर्नुभएको छ ।
मुलुक सङ्घीय संरचनामा गइसकेपछिको यस अवधिमा अझै प्रदेश र स्थानीय सरकारले संविधानप्रदत्त अधिकार पूर्णतः पाइनसकेको भन्नेतर्फको बहस अद्यापि जारी छ ।
गोकर्ण दयालबैतडी, वैशाख २९ गते । जिल्लामा पछिल्लो समय दलित समुदायका युवा नेतृत्व तहमा पुग्न थालेका छन् । राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य र कर्मचारी क्षेत्रमा दलितको उपस्थिति बढ्न थालेको छ । पाटन नगरपालिका–५,का नरेशकुमार विश्वकर्मा नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षको नेतृत्व सम्हालिरहनु भएको छ । जिल्लामा सक्रिय राजनीतिक दल मध्ये नेकपा एमालेको जिल्ला अध्यक्षको नेतृत्व गर्ने नरेशकुमार विश्वकर्मा एक्ला दलित युवा हुनुहुन्छ । राजनीतिक परिवर्तनपछि नीति निर्माण गर्ने तहमा यसअघि नेकपा एमालेबाट पुरनसिंह दयाल संविधानसभा सदस्य भई सक्नु भएको छ । स्वास्थ्यको क्षेत्रमा डा.सुशील विक जिल्ला अस्पताल बैतडीको प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) हुनुहुन्छ । शिक्षाको क्षेत्रमा जिल्लाको पुर्चौडी नगरपालिका–७,का दिनेश नागारी नगरपालिकाको शिक्षा शाखा प्रमुख हुँदै अहिले गलिनाथ माविको प्रधानाध्यापकको नेतृत्व गरिरहनु भएको छ । उहाँ एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । सामाजिक क्षेत्रमा बैतडीकै राजु राम भुलले आन्दोलनको नेतृत्व गरेर हलिया मुक्त राष्ट्र घोषणा गर्न सफल हुनु भएको छ । धार्मिक क्षेत्रमा शिवनाथ गाउँपालिका बैतडी मूल निवासी आचार्य कृष्ण दमाई पशुपति कोटी होमको व्यासबाट प्रवचन दिएर चर्चामा हुनुहुन्छ । राष्ट्र सेवक कर्मचारीतर्फ बैतडीकै हरिशरण वड, दशरथ ओड, ध्रूव दयाल, महेश पार्की लगायतले जिल्लाका विभिन्न कार्यालयको प्रमुख भएर जिम्मेवारी बहन गरिसक्नु भएको छ । सुरक्षातर्फ बैतडी त्रिपुराका गोविन्दराम परियार नेपाल प्रहरीको उच्च तह एसपी भएर सेवा निवृत्त हुनुहुन्छ । हाल उहाँ कानुनको क्षेत्रमा कुशल अधिवक्ताका रूपमा क्रियाशील हुनुहुन्छ । स्थानीय तहको सरकारमा सरस्वती कोली २०७४ को निर्वाचनमा पाटन नगरपालिकाको उपप्रमुख भई सक्नु भएको छ । यद्यपि २०७९ को निर्वाचनमा नेतृत्व तहमा भने दलितको अर्थपूर्ण सहभागिता हुन सकेको छैन । बैतडीका ८४ वडामा भने दलित महिला वडा सदस्य रहँदै आएका छन् । साहित्यिक क्षेत्रमा मेलौली नगरपालिकाका कर्ण दयाल सोराडीले बैतडीमै बसेर आठ वटा कृति प्रकाशित गरिसक्नु भएको छ । इन्जिनियरिङको क्षेत्रमा नरेश भुल पूर्वाधार विकास कार्यालय बैतडीमा अधिकृत छैटौँ स्थानमा कार्यरत हुनुहुन्छ । सङ्गीत तथा देउडा गायनको क्षेत्रमा पञ्चेश्वरमा महेश औजी, मेलौलीका गोपाल दयाल सुदूरपश्चिममै चर्चामा हुनुहुन्छ । बैतडीको कुल जनसङ्ख्या दुई लाख ४२ हजार ४४४ मध्ये दलितको जनसङ्ख्या ५० हजार रहेको छ । जनसङ्ख्या अनुसार सङ्घ र प्रदेश निर्वाचन क्षत्रेमा दलित समुदायबाट अब प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्नु पर्ने आवाज उठ्न थालेको छ । राजनीतिक परिवर्तनपछि दलित समुदायले शिक्षा, स्वास्थ्य र लोक सेवा जस्ता क्षेत्रमा विशेष अधिकार प्राप्त गरे पनि राजनीतिक दलहरूले दलितलाई स्थानीय तहको कार्यकारी पदमा निर्वाचन लडाउन अझैँ डराई रहेको विश्लेषक डा.केदारचन्द्र भट्टले बताउनुभयो ।जिल्लामा ५० हजार जनसङ्ख्या भएको दलित समुदायका कम्तीमा पनि ३० हजार मतदाता छन् । निर्वाचन प्रणाली फेरेर भए प्नि अब जनसङ्ख्याका आधारमा दलितलाई कार्यकारी पदमा चक्रीय प्रणाली अनुसार उम्मेदवार बन्ने मार्गको खोजी हुनु पर्ने उहाँले बताउनुभयो ।
दक्षिण एसियामा युद्धको बादल मडारिने कारण आतङ्कवाद थियो ।
विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध कुनै पनि कुराको विकल्प होइन, शान्ति निर्विकल्प हो । त्यसपछि नै विश्वशान्तिका लागि सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भएको हो । विश्वयुद्धले निम्त्याएको विनाशको स्मरण गर्दै राष्ट्रसङ्घको बडापत्रको प्रस्तावना भनिएको छ,