नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त हाम्रो समाजमा राष्ट्रको बृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्रै सम्भव हुने उल्लेख गर्नुभएको छ ।
कोठाहरू चर्किएका छन् । भित्ताका लाप्रा उक्किएका छन् । टिनको छानो चुहिने छ । तैपनि लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयको पुरानो भवनमा पाँच बर्षदेखि प्रहरी कार्यालय सञ्चालन हुँदै आएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा बससँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–७ सहरे गाउँको एक टहरामा आगलागी भएको छ । सोमबार बिहान स्थानीय फौदे बुढाथोकीको टहरामा आगलागी हुँदा पशुचौपाया, अन्नपात, भाँडावर्तन, लत्ताकपडा र नगद समेत जलेर नष्ट भएका छन् ।
इलामको फिक्कल–नयाँ बजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाँचिएपछि यातायात सञ्चालनमा समस्या भएको छ । केहि वर्ष अघिको बाढीले पक्की पुलको एक भाग बगाएपछि अस्थाई संरचना निर्माण गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली २५६९औँ बुद्धजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ ।
सल्यानको त्रिवेणी गाउँपालिका-१ स्थित कोलचौर, खज्जर यस क्षेत्रका निकै विकट र दुर्गम बस्ती थिए । भौगोलिक विकटताका कारण केही स्थानीयहरू बसाइसराई गरेर नजिकैको बजार काभ्रा त कोही छिमेकी जिल्ला दाङ झरिसकेका छन् ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्णाली देखिने गरी विकास गरिने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले बुद्धको प्रेम, सद्भाव र आत्मीयताको मार्गले व्यक्तिको आध्यात्मिक उन्नतिमात्रै नभई सामाजिक एकता र सहअस्तित्वलाई बलियो बनाउने गरेको बताउनुभएको छ ।
इलामको फिक्कल–नयाँबजार सडकखण्डमा पर्ने मयुँ खोलाको पुल भाचिएपछि यातायात सञ्चालनमा समस्या भएको छ । केहि वर्ष अघि बाढीले पक्की पुलको एक भाग बगाएपछि अस्थाई संरचना निर्माण गरिएको थियो । उक्त अस्थाई संरचना समेत भाचिएपछि यातायत सञ्चालनमा समस्या भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि भएको उद्घोष गर्नुभएको छ। सोमबार २५६९ औ बुद्व जयन्ती एवम् लुम्बिनी दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।
वीरगन्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउन अभियान थालेको छ ।
किरात राई समुदायहरूको महान चाड साकेला उभौली आजबाट सुरु भएको छ । किराँत राईहरूले वर्षको दुई पटक साकेला उभौली र उद्यौली चाडलाई धुमधाम साथ मनाउने गर्दछन् ।
उपसभामुख इन्दिरा रानाले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय भएको बताउनुुभएको छ ।
‘घुमौं सौराहा’ अभियानसहित नेपालगन्ज आइपुगेका चितवनका व्यवसायी र नेपालगन्जका सरोकारवालाबिच आयोजित भेटघाट कार्यक्रमका सहभागीहरूले पूर्वाधार विकास अभावमा पर्यटन क्षेत्र धरासायी भएको बताएका छन् ।