• २९ वैशाख २०८२, सोमबार

लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि हो : मन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे सोमबार २५६९ औ बुद्व जयन्ती एवम् लुम्बिनी दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : मन्त्री पाण्डेको सचिवालय

काठमाडौँ, वैशाख २९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि भएको उद्घोष गर्नुभएको छ । सोमबार २५६९ औ बुद्व जयन्ती एवम् लुम्बिनी दिवस २०८२ को मूल समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘‘लुम्बिनी साझा श्रद्धा र शान्तिको भूमि हो । बुद्व समस्त मानवताको साझा ज्योति हुनुहुन्छ । उहाँको ज्ञान कल्याणकारी छ । सबै प्राणीको हितका लागि प्रज्वलित छ ।’’ उहाँले बुद्व करूणा, ज्ञान, सद्भाव जस्ता श्वास्वत शिक्षाले जीनलाई सत्मार्ग र विश्व शान्तिको सन्देश विश्वभर फैलाउन सकिएको बताउनुभयो ।

मन्त्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन,चिन्तन र मनन  केन्द्रको रूपमा पहिचान गराउन सरकार प्रतिबद्व रहेको बताउनुभयो । उहाँले लुम्बिनीको बृहत् हितका लागि अन्तर्राष्ट्रिय समितिलाई पुनः सक्रिय बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘‘हामीबिच रहेका विभिन्न, धर्म, संस्कृति वा भिन्नताभन्दा माथि उठेर विश्व शान्तिको चिन्तन गरी सम्पूर्ण मानव जाति कल्याणको कल्याणको कामना गर्ने पावन भूमिको रूपमा स्थापित रहेको छ । लुम्बिनीका लागि हामीले चाल्ने प्रत्येक कदम सावधानी र सम्मानमा लागि अघि बढाउँदै यसको दिव्यता र पवित्रतालाई पुस्तौ पुस्तासम्म कायम गर्नु हाम्रो साझा कर्तव्य हो ।’’

मन्त्री पाण्डेले भैरहवा विमानस्थल सञ्चालनका लागि सरकार संवेदनशील भएर लागेको छ । काठमाडौँ बाहिर रहेका भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि बनेको कार्ययोजना तयार भई लागु भए पनि कार्यान्वयनमा अझै केही समस्या रहेको बताउनुभयो । उहाँले आगामी जेठ सात गते प्रधानमन्त्रीसहित अन्तरमन्त्रालयको बैठक बसी समस्या समाधान गरिने समेत विश्वास व्यक्त गर्नुभयो ।