सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बाँकेका सामुदायिक वनहरु जीविकोपार्जनको माध्यम बन्नुका साथै पछिल्लो समयमा गाउँठाउँको विकाससमेत अग्रसर हुँदै गएका छन् । स्थानीय उपभोक्ताहरुको हरेक समस्यामा साथ दिँदै आएका सामुदायिक वनहरु सामाजिक विकासका काममा समेत अग्रसर हुँदै गएका हुन् ।
लेखक धर्मराज अर्यालद्वारा लिखित ‘नारी उत्थानका उपायहरु’ किताबको लोकर्पण भएको छ । सोमबार डा. प्राध्यापक घनश्याम पुडासैनी, डा. रामचन्द्र लम्साल, डा. प्राज्ञ कौशीला रिसाल, साहित्यकार ममता मृदुलालगायतले संयुक्तरुपमा तारकेश्वर नगरपालिका वडा नं ३, जीतपुर माविमा सो किताबको लोकर्पण गर्नुभयो ।
बाजुराको बुढीगंगा नगरपालिकाको चार तले अत्याधुनिक प्रशासकीय भवनको सोमबार उद्घाटन भएको छ । सो भवनको पूर्व मन्त्री तथा संविधान सभाका सदस्य कर्णबहादुर थापाले उद्घाटन गर्नु भएको हो ।
यो वर्ष अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । गत अप्रिल महिनामा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन् ।
आठ बुँदे घोषणापत्र जारी गर्दै बागलुङ बजारमा आयोजित गण्डकी प्रदेश स्तरीय दोस्रो न्यायिक सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलनले गण्डकी प्रदेशका ८५ वटा स्थानीय सरकारका न्यायिक इजलासलाई एकरुपताका साथ व्यवस्थित रुपमा सञ्चालन गर्ने प्रतिवद्वता जनाएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शिक्षाको अवस्था सुधार नगरे मधेशको अवस्था थप खराब हुनसक्ने सङ्केत गर्नुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माणमा सरकार लागिपर्ने बताउनुभएको छ ।
संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । दुई प्रमुख ठुला अर्थतन्त्रबिचको व्यापार युद्धका कारण विश्वको वित्तीय बजारलाई तहसनहस पारेको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह बढ्दै गएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । लामो समय सुस्त देखिएको कर्जा प्रवाह आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा कर्जा प्रवाह बढेको हो ।
नीको कालिगण्डकी पुल नजिक सडक छेउमा जस्ता पाताले छाएको सानो छाप्रो, त्यहीँ छाप्रोमा बिहानै टुकटुकको आवाज निस्किन्छ । बेनी नगरपालिका ४ तातोपानी घर भई हाल पर्वत बेनीस्थित सडक छेउमा आरन उद्योग सञ्चालन गर्दै आउनुभएका बुद्धीबहादुर विकले उज्यालो हुँदा आरनमा आगो बालेर तामाका भाँडा बनाउन थाल्नुहुन्छ ।
भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही दिनअघि महान ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट तत्काल सन्न्यासको घोषणा गर्नुभएको छ ।
नेपालमा अवसर नरहेको भन्दै दैनिक सयौं युवा रोजगारीका लागि विदेश पलायन भइरहेका बेला बाँके बैजनाथका राजेन्द्रकुमार थारूले कृषि पेसाबाट वार्षिक पाँच लाख बढी आम्दानी गरेर धेरैको मन जित्नुभएको छ ।
सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुनः खोलेको छ ।
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले आफ्नो फौजदारी मुद्दाको अर्को सुनुवाइका लागि सोमबार अदालतमा उपस्थित हुनुभएको छ ।