दाङ, वैशाख ३० गते । दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित मूलकोट कृषि सहकारी संस्थाले रैथानेबाली संरक्षण गर्न बीउ बैंक स्थापना गरेको छ । लोप भइसकेका बालीलाई संरक्षण गर्न बीउ बैंक स्थापना गरिएको हो ।संस्थाका अध्यक्ष झरना पुनले अहिले बीउ सङ्कलन कार्य सुरु गरिएको बताउँदै आगामी दिनमा त्यसलाई उत्पादन गरेर बिक्री गर्ने योजना रहेको जानकारी दिनुभयो । अहिले ५० भन्दाबढी बालीको बीउ सङ्कलन गरिएको उहाँले उल्लेख गर्नुभयो ।“हामीले ५० भन्दाबढी लोेप हुने अवस्थामा रहेका बाली सङ्कलन गरेका छौँ, ती बालीको बीउ सङ्कलन गरेर बैंक बनाएका छौँ”, उहाँले भन्नुभयो, “सङ्कलित बीउ उत्पादन गरेर बजारमा बिक्री गर्ने योजना बनाएका छौँ ।” कोदो, फापर, स्थानीय धान, भटमास, गहुँ, टमाटर, तिल, गहत, बोरी, टमाटरलगायत बाली उत्पादन गर्ने गरिएको छ । अहिले कतिपय स्थानीय बाली लोप भइसकेका भन्दै यसरी बीउ बैंक निर्माण गर्नु सकारात्मक पक्ष भएको तुलसीपुर उपमहानगरपालिकाका कृषि शाखा प्रमुख कुलराज चौधरीले बतानुभयो । “परम्परागत बाली धेरै लोप भइसकेका छन्”, उहाँले भन्नुभयो, “यसरी बीउ बैंक स्थापना गरेर संरक्षणको पहल थाल्नु सकारात्मक पक्ष हो ।” यो कार्य सबै कृषि सहकारीहरूले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तले सन् १९६७ मा लुम्बिनी भ्रमण गर्दा यस क्षेत्रको दयनीय र अव्यवस्थित अवस्था देख्नुभयो ।
काठमाडौँ, वैशाख ३० गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ । अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ २७ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४० पैसा र बिक्रीदर १८० रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६१ रूपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रूपैयाँ आठ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ १३ पैसा र बिक्रीदर ८७ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५० पैसा र बिक्रीदर ९७ रूपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १०४ रूपैयाँ ७८ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ २० पैसा र बिक्रीदर नौ रूपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १९ रूपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५६ पैसा तोकेको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ सात पैसा र बिक्रीदर चार रूपैयाँ नौ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८६ पैसा निर्धारण भएको छ । यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६० पैसा र बिक्रीदर नौ रूपैयाँ ६४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३ रूपैयाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ २८ पैसा र बिक्रीदर २० रूपैयाँ ३७ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४९ पैसा र बिक्रीदर १७ रूपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ १८ पैसा र बिक्रीदर ४४५ रूपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रूपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ६१ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौँ, वैशाख ३० गते । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा [कर प्रस्ताव बाहेक] सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।
बालबालिकामा बढ्दो मोबाइल प्रयोगको लतलाई छुटाउँदै उनीहरूलाई सिर्जनात्मक बनाउने सोचका साथ ‘पेन्ट योर मर्निङ’ चित्रकला सम्पन्न भएको छ ।
‘भ्या’ उपन्यास प्रकाशित भएको छ । उपन्यासमा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा विवाह गर्ने चलनलाई विषयवस्तु बनाइएको छ ।
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ को लोकार्पण गरिएको छ ।
आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटेल तथा रिसोर्ट औपचारिक सञ्चालनमा आएको छ । सोमबार औपचारिक उद्घाटनपछि होटेल तथा रिसोर्ट सञ्चालनमा आउने जनाइएको हो ।
दाङको गढवा गाउँपालिका–१, बडहरामा रहेको कुलपानी हरित पार्क पछिल्लोसमय आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।
मुलुकमा करिब नौ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्म आठ अर्ब ९६ करोड रुपियाँ भित्रिएको हो ।
नेपाल चेम्बर अफ कमर्सले समयमै पुँजीगत खर्च सुनिश्चित गर्ने कार्ययोजनासहित आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउन सुझाव दिएको छ ।
कृषि मल उद्योग सञ्चालन गर्न बैतडीमा चार वर्षअघि नै खानी तथा भूगर्भ विभागका विज्ञले फस्फोराइट पत्ता लगाए पनि परिमाणको विषय यकिन नहुँदा बर्सेनि अध्ययन तथा अनुसन्धानमै बजेट र समय खर्च भइरहेको छ ।
बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा तीन खर्ब ६१ अर्ब तीन करोड अर्थात् ७.१ प्रतिशतले बढेको छ ।
सर्वोच्च अदालतले सहकारी नियमनका लागि प्रस्तावित राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन प्रक्रिया डेढ महिनाभित्र पूरा गर्न सरकारका नाममा परमादेश गरेको छ ।
नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययनमा आकर्षक गन्तव्य रहेको दक्षिण कोरियाका लागि अध्ययन अनुमतिपत्र (एनओसी) वितरण स्थगित गरिएको छ ।