गत असोज ११ र १२ गते आएको बाढीपहिरोबाट घरबारविहीन भएर पुरानो लयमा फर्कने प्रयास गरिरहेका काभ्रेपलाञ्चोक, पनौतीका स्थानीयवासीले पुनः ठुलो क्षति बेहोरेका छन् ।
राज्यको स्रोत र साधानलाई हेरेर आगामी आर्थिक वर्ष २०८२/८३ मा कर्मचारीको तलब वृद्धि गर्ने गरी आन्तरिक गृहकार्य हुने भएको छ । कर्मचारीलाई सेवाप्रति थप उत्साह प्रदान गर्नका लागि सरकारले तलब वृद्धि गर्ने आन्तरिक गृहकार्य गर्न लागेको हो ।
सप्तरीको रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको श्री सीताराम नाम १००८ मण्डलीय सकिर्तन एवं श्री रामचरित्र मानसको नौ दिवसीय महायज्ञको मुख्य मण्डपमा सोमबार आगलागी भएको छ । महायज्ञका लागि बनाइएको यज्ञको अन्तिम दिन साँझ आगलागी हुँदा मुख्य मण्डप जलेर खरानी भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा रहेको गिरुवारी खोलाको पुल भाँचिएको छ । पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
म्यान्माको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ, जसमा २० बालबालिका र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा भएको हो ।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणको क्रममा फ्रान्सेली महिलाको मृत्यु भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ स्थित गोतामकोट गाउँ ।
आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले भगवान बुद्धको शान्ति र अहिंसाको सन्देश आम मानिसबीच पुर्याउनु पर्ने बताउनु भएको छ ।
बेनीमा पुष्प व्यवसाय सुरु गरिएको छ । बागलुङ नगरपालिका १० भकुण्डे निवासी उमेश मल्लले बेनीको शिक्षा मार्गमा जग्गा भाडामा लिएर पुष्प व्यवसाय थाल्नुभएको हो ।
सुनसरीको कोशी गाउँपालिका –७ हरिपुरमा गुडिरहेको बस अनियन्त्रित भएर पल्टिँदा आठ जना घाइते भएका छन् । २० जना सवार बस सडकमा पल्टिँदा भएको दुर्घटनामा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सोमबार विहान सवारी दुर्घटना हुँदा पाँच वर्षीया बालिकासहित आठजना घाइते भएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले अहिंसा, शान्ति र मैत्रीको बाटो अँगाल्न सके नेपाली एकता सुदृढ हुने बताउनुभएको छ ।
हमासको सशस्त्र शाखाले गाजामा सन् २०२३ को अक्टोबरदेखि बन्धक बनाइएका अमेरिकी-इजरायली नागरिक एडन अलेक्ज्याण्डरलाई सोमबार रिहा गर्ने निर्णय गरेको जनाएको छ ।
नेपाल मानव अधिकार शिक्षा समाज ताप्लेजुङको संयोजकमा अर्जुन खिम्दिङ चयन हुनुभएको छ । सोमबार फुङलिङमा सम्पन्न एक दिने मानव अधिकार शिक्षा कार्यक्रमबिच खिम्दिङ संयोजकमा चयन हुनुभएको हो ।
यहाँको शुक्लाफाँटा नगरपालिका-१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ-रिक्सा चलाएर परिवारको खर्च धान्दै आउनुभएको छ । इ-रिक्सा चलाएर उहाँले मासिक रु ३५ हजार बढी आम्दानी गर्नुहुन्छ । घरको आर्थिक अवस्था कमजोर हुँदा गाउँकै समूहबाट दुई लाख ऋण लिएर इ-रिक्सा खरिद गरी चलाउन थाल्नुभएको हो ।