साहारा लिम्बू
फुङ्लिङ, बैशाख २९ गते । नेपाल मानव अधिकार शिक्षा समाज ताप्लेजुङको संयोजकमा अर्जुन खिम्दिङ चयन हुनुभएको छ । सोमबार फुङलिङमा सम्पन्न एक दिने मानव अधिकार शिक्षा कार्यक्रमबिच खिम्दिङ संयोजकमा चयन हुनुभएको हो ।
पाथीभरा बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति समेत रहेका खिम्दिङ हाल नेपाल विद्यार्थी सङ्घ ताप्लेजुङका उपसभापति हुनुहुन्छ । यस्तै, उक्त कार्यक्रममा समाजका महासचिव डा. गोविन्द ढकालले मानव अधिकार र कानुनका बारेमा प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा मेरिङदेन गाउँपालिकाका अध्यक्ष डम्बर हाङ्गाम, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, फुङलिङ नगरपालिका वडा ४ का अध्यक्ष दुर्गा पालुङ्वा, वडा ५ का वडा अध्यक्ष सोजित श्रेष्ठ, प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतम, पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य, सञ्चारकर्मी, विद्यार्थी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।