प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा संसदमा मन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षले नियमापत्ति गरेपछि बैठक स्थगित गरिएको हो ।
मोरङमा १ लाख ४७ हजार ७ सय मेट्रिक टन मकै उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२मा मोरङमा २१ हजार १ सय हेक्टर क्षेत्रमा मकै खेती भएको थियो ।
इलामको सूर्योदय नगरपालिका आर्थिक पारदर्शीताका हिसाबले अन्य पालिका भन्दा अगाडि रहेको छ । नीति निर्माणदेखि सुशासनका क्षेत्रमा निक्कै अगाडि रहेको नगरपालिकाले नमुना काम गर्दै आएको छ ।
मापलपोत कार्यालय सप्तरीमा २०७५ माघ १८ बाट अनलाइन सेवा सुरु भएको छ । २०७८ मङ्सिर १५ देखि भू–सेवा (कम्प्युटर प्रणाली) केन्द्रबाट मालपोत कार्यालयको सम्पूर्ण काम गराउने व्यवस्था गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताउनुभएको छ ।
दक्षिणी मोरङको रतुवामाई नगरपालिकाको प्रमुख प्रशासनिक भवन निर्माण अन्तिम चरमा पुगेको छ ।
प्रतिनिधि सभा बैठक
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हिमालहरु मानव जातिका साझा स्रोत भएका बताउनुभएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा पहिलोपटक आज यहाँ आयोजित ‘सगरमाथा संवाद’को उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उहाँले हिमाल करोडौँ मानिसको ताजा पानीको स्रोत बनेको बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता रहेको बताउनुभएको छ ।
राधा लुइँटेलफिदिम, जेठ २ गते । बेलिब्रिज बगेपछि डाइभर्सन गर्न लगाइएका ह्युम पाइप बाढीले बगाएसँगै तमोर कोरिडोरको पाँचथर–ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ ।तमोर कोरिडोरमा पर्ने पाँचथरको फिदिम र हिलिहाङ गाउँपालिकाको सीमावर्ती हेवां खोलामा गरिएको डाइभर्सनका लागि राखिएका ह्युम पाइप शुक्रवार बिहानै बाढीले बगाए स्थानीय राम माझीले बताउनुभयो ।ह्युम पाइप बगाएसँगै धरानबाट मूलघाट पाँचथर हुँदै ताप्लेजुङ हिँडेका यात्रु मालवाहक साधन फिदिम ४ सालघारीदेखि जोरसाल हुँदै मेची राजमार्ग भएर गन्तव्य पुग्नुपर्ने अवस्था आइलागेको छ । यस्तै ताप्लेजुङदेखि भालुचोक माझीटार हुँदै धरानतर्फ हिँडेका यात्रु र साधन समेत प्रभावित भएका छन् । यो बाटो भएर धरान इटहरी र विराटनगर हिँडेका यात्रु गोपेटारदेखि फिदिम इलाम र झापा हुँदै त्यसतर्फ पुग्नुपर्ने अवस्था सिर्जना भएको छ । २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ ह्युम पाइप राखेर पानी कटाउँदै यातायात सुचारु गराइएको थियो ।यो सडकमा पर्ने खोलामा पुल बनाउने जिम्मेवारी तमोर कोरिडोर आयोजनाको हो । तमोर कोरिडोरका आयोजना प्रमुख प्रदीप निरौलाले बगाएका ह्युम पाइप स्कावेटरबाट तानी मर्मत गरेर यातायात सुचारु गर्ने पहल भइरहेको बताउनुभयो । निर्माण कम्पनीसँग समन्वय गरी मनसुन सक्रिय नहुँदासम्म सोही डाइभर्सन मार्फत यातायात सुचारु गर्न पहल गरेका छाै ।’ निरौलाले भन्नुभयो ।
प्रादेशिक अस्पताल जलेश्वरमा निःशुल्क रूपमा वितरण हुने औषधिको चरम अभाव भएको छ । सरकारले अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने नीति लिए पनि प्रादेशिक अस्पताल जलेश्वरको निःशुल्क औषधि वितरण कक्षमा १५ देखि २० प्रकारका औषधि मात्र उपलब्ध छन्।
अविनाश चौधरीधनगढी, जेठ २ गते । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन हुनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पार्टीका अन्य नेताको उपस्थितिमा गए राति बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेता चयन गरेको हो । यसअघि, बहुमतका आधारमा दलका नेताबाट हटाइएका भट्टलाई पुनः नेता चयन गर्न माओवादी पार्टी र अध्यक्ष प्रचण्डले संसदीय दललाई लिखित, मौखिक निर्देशन दिदैं आए पनि कार्यान्वयन भएको थिएन । २०८० माघ १२ गते भट्टलाई हटाएर बहुमतको आधारमा मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो । भट्ट हटाइएपछि सो पार्टीमा आन्तरिक विवाद देखिएको थियो । संसदीय दलको पछिल्लो बैठकमा सबै प्रदेश सभा सदस्यको उपस्थितिमा दलको नेता परिवर्तन गरिएको माओवादीका उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।
सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा