ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठुलो बस्ती र बस्तीको बिच भागमा सुन्दर दरबार । मुस्ताङको ल्होमन्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसको आस्थाको केन्द्र थियो । त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन, मानिसविहीन बनेको छ ।
जिल्लाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक योजनाको माझफाँट–लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्र भएको छ ।
विभिन्न संवैधानिक आयोग/निकायमा नियुक्त ५२ पदाधिकारीको मुद्दामा जेठ २८ गते फैसला हुने भएको छ । सर्वोच्चको संवैधानिक इजलासले मुद्दा परेको साढे चार वर्षपछि नियुक्तिसम्बन्धी मुद्दामा अ
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ । धर्तीमा बढ्दो तापमान र प्रदूषणप्रति चि
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको कुल गार्हस्थ्य उत्पादनको प्रमुख आधार रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक अपरिहार्य रहेको बताउनुभयो ।
सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्न थालेको छ ।
गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटन गर्दा स्थानीयवासी कोरला नाकामार्फत हुने आर्थिक गतिविधि बढ्नेमा आशावादी बनेका थिए ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव इजरायलको ७७ औँ स्वतन्त्रता दिवस तथा नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।
नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बिमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ । उक्त कार्यालयले गत वर्ष जीवन बिमा शुल्कतर्फ भने रु १४ अर्ब एक करोड २८ लाख सङ्कलन गरेको थियो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
उदयपुरको त्रियुगा नगरपालिकाले सार्वजनिक जमिनमा कानुनविपरीत निर्माण गरिएका दर्जनभन्दा धेरै घरटहरा बिहीबार डोजर लगाएर भत्काएको छ । नगरपालिकाले त्रियुगा बस
गायिका लक्ष्मी हमालको नयाँ गीत ‘जिन्दगीको गोरेटोमा’ सार्वजनिक गरिएको छ । गीतले पारिवारिक परिवेशभित्रको कथा बोकेको छ । आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक
वसन्त पराजुलीनारायणगढ, जेठ २ गते । पूर्व पश्चिम राजमार्गको रत्ननगरमा शुक्रवार बिहान भएको दुर्घटनामा १५ जना यात्रु घाईते भएका छन् । रत्ननगरनगर पालिका वडा नम्वर १० स्थित त्रिनेत्र पेट्रोल पम्प अगाडि भएको सो दुर्घटनामा परि घाईतेहुनेहरु मध्ये चार जनाको स्कूल अफ मेडिकल साईन्सेन्स मेडिकल कलेजमा उपचार भै रहेको छ भने अन्यको बकुलर अस्पतालमा उपचार भै रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक गोविन्द पुरीका अनुसार काठमाण्डुबाट लाहान तर्फ जान लागेको प्र १-०२-००१ ख ९१६२ नम्वरको वस सडक छेउको पोलमा ठक्कर खादा सो दुर्घटना भएको हो ।दुर्घटनामा घाइते हुनेहरुमध्ये सिराहा सक्करकोटिया गाउ पालिका वडा नम्वर ५ बस्ने वर्ष ३९ को बैतिक राम, वर्ष २१ को सञ्जयकुमार मण्डल , सिराहा कल्याणपुर नपा ६ बस्ने वर्ष १९ को सल्मन ठाकुर र वर्ष ३५ को धर्मेन्द्र कुमार चौधरीको मेडिकल कलेजमा उपचार भैरहेको छ । यस्तै बकुलर अस्पतालमा उपचार भइरहेकामा सिराहा नवलराजपुर गाउँपालिका वडा नम्वर ४ बस्ने वर्ष १८ को नगेन्द्र शाह,सिराहा भगवानपुर गाउ पालिका ३ बस्ने वर्ष २१ को धरमनाथ यादव, सप्तरी तिलाहा कोलादा गाउँपालिका ६ बस्ने वर्ष ३० को जयप्रसाद शाह, सिराहा करजना नपा ४ बस्ने वर्ष ४० को दीपेन्द्रकुमार शाह, सप्तरी कोलदारी गापा ५ बस्ने वर्ष २८ को गजेन्द्र कुमार शाह, राजविराज नपा १ बस्ने वर्ष २८ को दिनेश कुमार शाह, भारत मधुबन्दी बस्ने वर्ष ४० को रामकृष्ण राउत, सिराहा नवराजपुर गापा ३ बस्ने वर्ष १९ को चन्दनकुमार यादव, नगरकोटिया गापा पाँच बस्ने वर्ष २४ को जीवनकुमार पासवान, बसका सहचालक काठमाण्डौँ महानगरपालिका १० बस्ने वर्ष २७ को हरि गौतम र सप्तरी राजविराज नपा १ बस्ने वर्ष २८ को दिनेश शाह छन् ।