गुल्मीमा जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । शुक्रबार मासिक पत्रकार भेटघाटका क्रममा वैशाख महिनाभर भएका जबरजस्ती करणीका घटनामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र ‘के घर के डेरा घर नं २’ शुक्रबारदेखि देशव्यापी रुपमा प्रदर्शन भएको छ । सो चलचित्र आज एकैपटक दुई सयभन्दा बढी ‘शो सङ्ख्या’मा प्रदर्शन भएको निर्देशक दीपेन्द्रकुमार खनालले जानकारी दिनुभयो ।
कर्णाली काेरिडोरमा जिप दुर्घटना भएको छ । हिमाली गाउँपालिक–६ सिउडी खोलास्थित कर्णाली नदीमा जिप दुर्घटना भएको हो ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको छैटौं अधिवेशन आह्वान गर्नु भएको छ।
आजदेखि यहाँ सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि शुक्रबार सम्मेलन परिसरमा परराष्ट्रमन्त्री एवम् संवाद व्यवस्थापन समिति संयोजक डा. आरजुराणा देउवाले ‘मिडिया ब्रिफिङ’मार्फत दुवै सत्र सफलताका साथ सम्पन्न भएको जानकारी गराउनुभयो ।
गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार मध्यरातदेखि प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा ५० जनाको मृत्यु भएको बताएको छ ।
महोत्तरी जिल्लाको छुटाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक गम्भिर घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जतिसक्दो चाँडो भेट गर्न चाहेको बताउनुभएको छ । रुसी नेतालाई भेट्ने विषयमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भन्नुभयो, “वातावरण बनेमा म यहाँबाट टर्कीए जानेछु । जतिसक्दो चाँडो हामी यसलाई व्यवस्था मिलाउने कोशिस गरिरहेका छौँ ।”
जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वैश्विक साझेदारी आवश्यक रहेको नेताहरूले बताएका छन् । शुक्रबारबाट सुरु भएको सगरमाथा संवाद कार्यक्रममा देशको प्रतिनिधित्व गर्दै नेपाल आउनुभएका प्रतिनिधिहरुले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वैश्विक साझेदारी आवश्यक रहेको बताएका हुन् ।
पाल्पाको स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ मा २० करोड ३८ लाख ९४ हजार रुपियाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको बासट्ठिऔं वार्षिक प्रतिवेदन अनुसार लेखापरीक्षण भएको कुल रकम मध्ये १ दशमलव ५३ प्रतिशत बेरुजु देखिएको हो ।
गाउँलेले चन्दा उठाएर खोटाङको कालिका आधारभूत विद्यालयलाई आवासीय विद्यालय बनाइएको छ ।
मुस्ताङमा सार्वजनिक जग्गामा स्याउ खेती गर्न थालिएको छ । कृषिक्षेत्रको प्रवर्धन र विकास, स्थानीयको जीविकोपार्जनमा सुधार तथा वातावरणीय दृष्ट्रिकोणबाट स्याउखेती विस्तार समय सान्दर्भिक रहे पनि सरकारी निकायको समन्वयबिनै सार्वजनिक जग्गा र नदी किनारमा स्याउखेती गर्ने क्रम बढेको छ ।
महालेखा परीक्षकको कार्यालयले सुदूरपश्चिम प्रदेशको सातौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख नजिर मियाँ समक्ष पेस गरेको छ । महालेखा परीक्षक तोयम रायाले शुक्रबार प्रदेश प्रमुखसमक्ष सातौं वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।
गुल्मीको मालिका गाउँपालिकामा निर्माण भएको मालिका भगवती मन्दिरको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु मर्हजनले उद्घाटन गर्नुभएको छ ।