रामेछापको हिमाली पालिका उमाकुण्ड गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासकीय भवन बने पनि दुई महिना बित्दा पनि हस्तान्तरण हुन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवले शिष्टाचार भेट गर्नुभएको छ।
ताप्लेजुङस्थित नेपाल शेर्पा सङ्घको अध्यक्षमा दावा शेर्पा चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न सङ्घको छैटौं जिल्ला अधिवेशनले शेर्पा अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बङ्गलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिदले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रायसरले आज शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा हुँदै आएको सहकार्य, काठमाडौँमा जारी सगरमाथा संवादको सार्थकतालगायत विषयमा छलफल भएको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवबिच आज भेटवार्ता भएको छ।
सर्लाहीको हरिवन नगरपालिकाले कोदो र कुर्थी अर्थात् गहत फलाउने किसानलाई अनुदान प्रदान गरेको छ । लोपोन्मुख तथा रैथाने बाली संरक्षण, सम्वर्धन तथा उपयोग अनुदान कार्यक्रम अन्तर्गत नगरभित्र कोदो र गहत उत्पादन गर्ने ३८ जना किसानलाई पहिलो पटक अनुदान प्रदान गरिएको हो ।
कपिलवस्तु नगरपालिका वडा ८ मैनिहवामा एक बालिकाको रुखले च्यापेर मृत्यु भएको छ । आँधी हुरी आएको बेला बगैँचामा आँप टिप्न गएको बेलामा रुखले च्यापेर मृत्यु भएको हो ।
पश्चिम नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । आज अपराह्न हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा –७ चारपालामा रहेको प्रतिक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्न डिजिटल साक्षरता अनिवार्य हुनुपर्ने बताउनुभएको छ।
एउटा मन्त्री पठाउने विषयलाई लिएर विवाद बढेको नागरिक उन्मुक्ति पार्टीमा दलका नेता घनश्याम चौधरीलाई कारबाही गर्न माग भएको छ।
नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आज बैतडीबाट सुरु भएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव–२०८२ को आयोजना गरिएको छ। यही जेठ १५, १६ र १७ गते तीन दिने पर्यटन महोत्सव आयोजना गरिएको हो।
गुल्मीमा चैत र वैशाख महिनामा मात्रै ५६ वटा आगलागीका घटना भएका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय गुल्मीको नियमित पत्रकार सम्मेलनमा सार्वजनिक तथ्याङ्क अनुसार चैतमा ४० र वैशाखमा १६ आगलागीका घटना भएका छन् ।
बाँके जिल्लाबाट यस वर्ष हज गर्न साउदी अरेबियाको मक्का मदिनामा १५५ जना मुस्लिम धर्मावलम्बी जाने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । प्रयाप्त धन सम्पत्ति हुने मुस्लिमका लागि जीवनमा एक पटक हज गर्नु अनिवार्य धार्मिक पाँच कार्य मध्ये एक हो ।