वि.स. २०५३ सालमा स्थापना भएको स्थापना भएको सो आश्रमले होसनातन आर्दश तथा बालाबालिकामा नैतिक तथा अध्यात्मिक भावनामा जागरुकता ल्याउने गरी निःशुल्क पठनपाठनको व्यवस्था गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि राम्रो ऐन बनाउने आफ्नो उद्देश्य रहेको बताउनुभएको छ ।
काठमाडौँको गौशालास्थित पिङ्लास्थानमा एउटा बस अनियन्त्रित भई दुर्घटना हुँदा आठ वटा सवारी साधनमा क्षति पुगेको छ ।
बजेट, भूमि विधेयकलगायतका विषयमा छलफल गर्न सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ । जनमत पार्टीको कार्यालयमा जारी बैठकले मोर्चाको सचिवालय र मूल समितिलाई पूर्णता दिने बताइएको छ ।
मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले भौतिक पूर्वाधार निर्माणले मात्र शिक्षा क्षेत्रको गुणस्तरमा सुधार नआउने स्पष्ट पार्नुभएको छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ । बुधबार विभागले ललितपुरमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन् ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा विद्यालयमा उपस्थिति नियमित गर्न विद्यार्थीलाई नगदसहित सम्मान गर्न सुरु गरिएको छ ।
गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका ४ फिनामका ७ वर्षीया सुबिना सुर्खेती भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुबेदीले जानकारी दिनुभयो ।
चितवनको इच्छाकामना गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
चितवनका सात वटा स्थानीय तहमध्ये कालिका नगरपालिका सबैभन्दा कम अधावधिक बेरूजु कायम भएको छ । यस पालिका हाल नेपालका ७५३ स्थानीय तहमध्ये सबैभन्दा कम बेरूजु भएको शीर्ष १० पालिका भित्र सूचीकृत भएको छ ।
बाँकेको बैजनाथ गाउँपालिकाका कर्मचारीलाई पटक–पटक दिएको निर्देशनलाई अटेरी गरेर कार्यालयमा ढिलो उपस्थित हुन थालेपछि बुधबार गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले पालिकाको कार्यालयको मूल गेटमा ताला लगाउनुभयो।
संयुक्त अरब इमिरेट्स (युएई) ले घेराबन्दी गरिएको गाजा पट्टीमा ‘आवश्यक मानवीय सहायता’ पुर्याउन अनुमति दिन इजरायलसँग सम्झौता गरेको इमिराती राज्य सञ्चार माध्यममा बुधबार जारी गरिएको एक विज्ञप्तिमा बताइएको छ ।
हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा शीर्ष स्थानको हाउन्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लबले जित निकालेका छन् ।
कोशी प्रदेशसभाको बुधबार बसेको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट विशेष समय लिएर बोल्नुभएका कार्कीले दमा क्षतिग्रस्त भएका संरचनाहरूको पुनर्निर्माण गर्न, जनतामा आशा जगाउन, सीमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न तथा नागरिकहरुलाई सहज र सर्वसुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने जस्ता कार्यमा प्रदेश सरकारले उल्लेखनीय काम गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
चलचित्र पत्रकार सङ्घ नेपालको २६ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेला इलामको पर्यटकीय स्थल अन्तुमा सुरु भएको छ।