अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ र विगत तीन दिनदेखि स्थिर रहेको पहेँलो धातुको मोल आज तोलामा रु पाँच हजारले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ५० ले बढेको छ ।
साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा साइबार कानुनसम्बन्धी कक्षा सञ्चालन गरेको छ ।
रमेश विश्वकर्मा गुल्मी, जेठ ७ गते। गुल्मीको ग्रामीण भेगमा पर्ने एक विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक सीप सिकाउँदै आएको छ। यस जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर( १ सराङ्गस्थित शारदा माध्यमिक विद्यालयले विद्यार्थीलाई शिक्षण सिकाइसँगै व्यवहारिक ज्ञानसँग सम्बन्धित अतिरिक्त क्रियाकलापमा सरिक गराउन थालेको पाइएको छ। यस विद्यालयले विद्यार्थीको सिकाइलाई सिपसँग जोड्न गत वर्ष देखि विभिन्न क्रियाकलाप गर्दै आएको छ। विद्यार्थीहरूले गत वर्ष दसैँ बिदाको सदुपयोग गर्दै लसुन खेती सुरु गरेका थिए। सिकाइलाई सिपसँग जोड्ने कार्यक्रम अनुसार मल्चिङ विधिको प्रयोग गर्दै शिक्षक र विद्यार्थीको सक्रियतामा लसुन खेती गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद सुवेदीले बताउनुभयो। विद्यालयमा लगाइएका सात सय अकबरे खुर्सानीका बोटबाट छ क्विन्टल खुर्सानी उत्पादन गरिएको थियो। खुर्सानीले राम्रो बजार पाएपछि विद्यार्थी उत्साहित हुँदै गत वर्ष देखि लसुन खेती समेत सुरु गरिएको हो। कक्षा कोठामा सैद्धान्तिक कुरा मात्र गरेर भन्दा फिल्डमा विद्यार्थीलाई धेरै कुरा सिकाउन सकिन्छ। विद्यार्थीहरूमा श्रमप्रति सम्मान र व्यवहारिक सीपको विकास गर्ने उद्देश्यसहित विद्यालयले यस वर्ष पनि अकबरे खुर्सानी खेती गरेको उहाँले बताउनुभयो। साधारण धारको प्रस्तावित विद्यालय भए पनि शैक्षिक एवम् सिर्जनात्मक कार्यमा विद्यालय निरन्तर लागेको छ। विद्यालयका कक्षा ९, १० र ११ का विद्यार्थीहरूले मल्चिङ विधिको प्रयोग गर्दै करिब पौने एक रोपनी क्षेत्रफलमा १२ सयभन्दा बढी अकबरे खुर्सानीका बिरुवा रोपेका छन्। विद्यार्थीहरूले कृषि सिपको व्यावसायिक र आत्मनिर्भरता सम्बन्धी सिकाइ गर्ने बताइएको छ। विद्यार्थीमा श्रमको सम्मान, माटोसँगको सम्बन्ध र उत्पादनको मूल्य बुझ्ने संस्कार विकास गरिएको प्रधानाध्यापक सुवेदीले बताउनुभयो। गत वर्ष रोपिएको अकबरे खुर्सानीको बिरुवाले यस वर्ष पनि फल दिइरहेको छ। नजिकको बजारमा बिक्रीका लागि खुर्सानी पठाइएको बताइएको छ। यसरी खेती गर्दा विद्यालयको खाली जग्गाको पनि सदुपयोग भएको छ। विद्यार्थीले विद्यालयमा सिकेको ज्ञान सीपलाई व्यवहारिक रूपमा प्रयोग गर्न जरुरी छ। जसरी विद्यालयमा अकबरे खुर्सानी र लसुन खेती गरिएको छ। उहाँले भन्नुभयो, ूत्यसरी नै विद्यार्थीले आफ्नो घरमा पनि खेती गर्नुपर्ने छ। विद्यालयमा गरिने यस्ता अभ्यासले विद्यार्थीलाई आत्मनिर्भर र उत्पादनशीलसँगै गाउँघरमै रोजगारी सिर्जनामा समेत प्रेरणा मिल्छ। कार्यक्रममा सहभागी विद्यार्थीले विद्यालयमा पढाइसँगै व्यवहारिक ज्ञान पनि सिक्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभयो । आफ्नो घरमा पनि यसै गरी खेती गरिएको उहाँहरूको भनाइ छ।
न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन भने ह्वात्तै बढेको छ । पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका नाममा बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित भएको हो ।
तिलक घर्तीमगर रोल्पा, जेठ ७ गते । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा रहेको भगवती माध्यमिक विद्यालय परिसरमा दुई वटा सकेट बम फेला परेको छ । विद्यालयको भवन बनाउन जक खन्ने क्रममा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।बम भेटिएपछि प्रहरी चौकी नुवागाउँ र इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली त्यस स्थानमा पुगेको थियो । फेला परेको दुई वटै बमलाई लिवाङमा रहेको सूर्यदल गणबाट खटिएको सेनानी शङ्कर थापाको डिस्पाेजल टोलीले मङ्गलवार सुरक्षित स्थानमा डिस्पाेजल गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चापागाईँले जानकारी दिनुभयो ।यस अघि २०७७ सालमा त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको जङ्गलमा बेवारिसे अवस्थामा भेटिएको बम बालबालिकाले खेलाउने क्रममा विस्फोट भएर चार जना बालबालिकाको ज्यान गएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
तराई–मधेशका जिल्लामा दाइजो प्रथाको विकृति हटाउन अन्तरजातीय विवाहले परिवारिक र सामाजिक रूपमा स्वीकृति पाउने कार्य उदाहरणीय भएको छ ।
शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा हुन लागेको छ । भएको छ ।
भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर मृत्यु भएको छ ।
कानका रोगीको सङ्ख्या बढ्दै गएपछि त्यहाँ कान तथा अपाङ्गतासम्बन्धी शिविर सञ्चालन भएको हो । शिविरमा बिरामीको पहिचानसँगै निःशुल्क उपचारका साथै औषधि पनि वितरण गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ ।
बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरु भएको छ । निर्माणाधीन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामकरण गरिएको छ ।
कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने वित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरवासीको विश्वास न्यून थियो ।
मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समय मन्दिर पुनःनिर्माण गरिएसँगै यहाँ आउने भक्तजन एवं पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।