मुस्ताङ, जेठ ७ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–१ र २ जोड्ने छैरो तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखिममा परेको छ । मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले कालिगण्डकी छैरो तिब्बती क्याम्पतर्फको खेतीयोग्य जमिन जोगाउन रिटेनिङ वाल निर्माणको क्रममा झोलुङ्गे पुल जोखिममा परेको हो ।घरपझोङ–१ छैरो तिब्बती क्याम्पका शरणार्थीलाई लक्षित गरी निर्माण भएको छैरो तिब्बती क्याम्प जाने झोलुङ्गे पुल पर्खालको निर्माणका क्रममा जमिन चर्किन पुग्दा झोलुङ्गे पुल जोखिममा परेको हो । छैरो तिब्बती क्याम्पस जाने कालिगण्डकी नदीमा निर्माण भएको पुरानो झोलुङ्गे पुल जीर्ण हुँदा त्यस स्थानमा अर्को झोलुङ्गे पुल निर्माण गरिएको थियो । उक्त पुल क्याम्पतर्फ क्षेत्रमा जमिन चर्किन पुग्दा तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखिममा परेका क्याम्पका मुखिया टसी ढिन्डुकले जानकारी दिनुभयो ।“क्याम्पतर्फको भागमा झोलुङ्गे पुलको बिमा र पुलको डिपिसी धुजाधुजा भएको छ । पुल कुनै पनि बेला झनै ठूलो क्षति हुने खतरा बढेको छ”, मुखिया टसी ढिन्डुकले भन्नुभयो, “पुलमा मान्छे हिँड्न जोखिम छ, यसैले पुलमा मान्छे हिँड्न बन्द गरेका छौँ ।” मुखिया टसी ढिन्डुकले तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखिममा पर्दा क्याम्पका करिब ६० घरधुरीलाई राजमार्ग सडकमा आउजाउ गर्न समस्या परेको बताउनुभयो । क्याम्प जाने झोलुङ्गे पुल जोखिममा परेकाले त्यसको मर्मत सुधार वा पुनःनिर्माणका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङमा निवेदन पेस गरेको मुखिया ढिन्डुकले उल्लेख गर्नुभयो ।“पुल जोखिममा परेकाले मर्मत सुधार गरिदिन पहलका लागि प्रशासनलाई निवेदन दिएका छौँ”, उहाँले भन्नुभयो । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले तिब्बती क्याम्प जाने जोखिममा रहेको झोलुङ्गे पुल मर्मत सुधारका लागि कार्यालयले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । “हाम्रो कन्ट्रक्सनको कामले झोलुङ्गे पुलमा असर परेको छ”, कार्यालय प्रमुख आत्रेयले भन्नुभयो, “हामी जतीसक्दो छिटो झोलुङ्गे पुललाई यथाशिघ्र मर्मत गर्नेछौँ ।” मुस्ताङको छैरो क्याम्प जाने पुल जमिन च्यातिएर जोखिममा परेसँगै क्याम्पमा बस्ने शरणार्थीलाई दैनिक आउजाउ र मालसामान ढुवानीमा समस्या परेको छ । अहिले पुल जोखिममा परेपछि क्याम्पका शरणार्थीले छैरो गाउँ नजिकको अर्को झोलुङे पुल तरेर करिब आधा घण्टा खर्चिएर राष्ट्रिय राजमार्ग आउनुपर्ने बाध्यता रहेको छ । रासस
ड्रोनबाट खिचिएको सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजार र आसपासका क्षेत्र ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ।
गृहमन्त्री रमेश लेखकले सरकार र गैह्रसरकारी दुवै क्षेत्र मिलेर विपद् जोखिम न्युनीकरणको लागि पूर्वतयारीमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले स्रोत नखुलेको रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले विकासशील र अविकसित राष्ट्रहरूमा दिगो रूपमा गरिबीको अन्त्य गर्न चुनौतिपूर्ण बनेको बताउनु भएको छ ।
धनुषाको कमला नगरपालिका–२, सरावेमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ। मङ्गलबार दिउँसो सोही ठाउँका रामबाबु साहका ७ वर्षीया छोरा रितिक साह र उहाँकै भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिस साहको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
गोरखापत्र संस्थान व्यवस्थापनले गोरखापत्र दैनिकको निमित्त प्रधान सम्पादकमा जुनारबाबु बस्नेतलाई नियुक्त गरेको छ।
लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले संयुक्तरूपमा सडकको शिलन्यास गर्नुभएको हो ।
सर्लाहीको बागमती नगरपालिका–२, जिरायतमा मङ्गलबार अपरान्ह दुुई वटा मोटरसाइकल जुध्दा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । दुर्घटनामा दुुई जना घाइते भएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विद्यमान कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानले लक्ष्य लिएको बताउनुभएको छ ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्नुभएको छ ।
सङ्खुवासभाको मकालु गाउँपालिका-२ का एकै परिवारका छ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका-२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो आठ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन् ।
पोखरामा यही जेठ ८ गतेबाट सुरू हुने नवौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबलमा १४ टोली सहभागी हुने भएका छन् ।