थारू समुदायको देउठन्वाको भौतिक संरचना मासिने क्रम बढेको सो समुदायका व्यक्तिले बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश पर्यटन विकास कार्यान्वयन इकाईको सहयोगमा संघारी मल्टिपल सर्भिस एण्ड रिसर्च प्रालिले मङ्गलबार धनगढीमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको छ । आज नेप्से परिसूचक ४९ दशमलव ०९ अङ्कले बढेर दुई हजार छ सय ७७ दशमलव ४५ को विन्दुमा कायम भएको हो ।
स्याङ्जाको चापाकोटमा अफ्रिकन स्वाइन फिभरबाट एक किसानका २५ बङ्गुर मरेका छन् । चापाकोट नगरपालिका–९ को गहतराज बहुउद्देश्यी कृषि तथा पशुपालन फर्ममा पालिएका बङ्गुरहरु मरेका हुन् ।
भारतको अरुणाञ्चलमा सम्पन्न साफ यु–१९ च्याम्पियनसिपमा सहभागी नेपाली युवा फुटबल टोली मङ्गलबार स्वदेश फर्किएको छ ।
मालिका गाउँपालिका–३ ह्वाङदीका २२ वर्षीय जीवन घर्ती मगर साढे तीन वर्षदेखि मिर्गौला पीडित हुनुहुन्छ । उहाँ गाउँमा सात कक्षा पढेर आर्थिक अवस्थाकै कारण तीन वर्ष पहिले भारतको कार्गिल पुग्नुभएको थियो । घर निर्माणको काम र चिसो मौसम थेग्न मुस्किल पर्यो ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती प्रदेश, कोशी प्रदेशका तराई भू–भागमा हल्का वर्षा भइरहेको छ।
परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल र चीनबिच सदियौँदेखि रहिआएको गहिरो मित्रवत् सम्बन्ध पछिल्लो समय जनस्तरमा समेत प्रगाढ हुँदै गएको बताउनुभएको छ ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सहिद नेत्रलाल अभागीलाई साक्षी राखेर पार्टीलाई जनजागरण अभियानमा जोड्नुपर्ने बताउनुभएको छ।
एभरेष्ट बैँकले आफ्नो शाखा विस्तार गरेको छ । सोमबार बागमती प्रदेशको सिन्धुली जिल्लाअन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको हो ।
ताप्लेजुङमा छुट्टाछुट्टै दुई विद्यालयमा अध्ययनरत चार सय बढी विद्यार्थीको आँखा परीक्षण गरिएको छ।मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालय र फक्ताङ्लुङ गाउँपालिकाको सिँवा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको हो।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले दुई तिहाइको सरकारले क्रान्तिकारी भूमि सुधारको कार्यक्रम ल्याउनसक्ने भए पनि त्यसो हुन नसकेको बताउनुभएको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वडा–वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। गाउँपालिकाले राष्ट्रिय परिचयप बनेर आएका लाभग्राहीलाई वडा–वडामा वितरण गरेको हो।
राष्ट्रिय भूकम्प मापद तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसे १ बजेर ५९ मिनेट जाँदा कास्की जिल्लाको सिनुवा आसपास केन्द्र भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो ।
नब्बे सालको भूकम्पमा भत्किएको भक्तपुर नगरपालिका-४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण भएको छ । उक्त मन्दिरको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले आज उदघाटन गर्नुभयो ।
मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भइ विङ्गर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।