काठमाडौँ, जेठ ६ गते । भारतको अरुणाञ्चलमा सम्पन्न साफ यु–१९ च्याम्पियनसिपमा सहभागी नेपाली युवा फुटबल टोली मङ्गलबार स्वदेश फर्किएको छ ।
नेपाल च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेशसँग २–० गोलले पराजित भएको थियो । नेपालले समूह चरणको खेलमा भने श्रीलङ्कलाई ५–० गोलले हराएको थियो । भारतसँग ४–० गोलको हार खेपेको थियो ।
च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । फाइनलमा भारतले बङ्गलादेशलाई टाइब्रेकरमा ४–३ गोलले हराएको हो । नेपाली खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेश शाहले स्वागत गर्नुभयो ।