• ११ जेठ २०८२, आइतबार

एभरेष्ट बैँक लिमिटेडको १३२औँ शाखा सिन्धुलीमा

blog

एभरेष्ट बैँकको संयुक्त रूपमा उद्घाटन गर्नुहुँदै कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेल र बैँकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य । तस्बिर: एभरेष्ट बैँक

काठमाडौँ, जेठ ६ गते । एभरेष्ट बैँकले आफ्नो शाखा विस्तार गरेको छ । सोमबार बागमती प्रदेशको सिन्धुली जिल्लाअन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको हो ।

यो शाखासँगै बागमती प्रदेशमा बैँकको शाखा सङ्ख्या ४७ पुगेको छ । यस शाखाको विस्तारसँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैँकले गरेको छ ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेल र बैँकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्त रूपमा उद्धघाटित सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्वलकुमार थापा, सिन्धुली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष देवनारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, बैँकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैँकका कर्मचारीहरू लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो ।

सो उद्धघाटन समारोहमा कमलामाई नगरपालिकाका प्रमुख पोखरेलले बैँकको उपस्थितिसँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गर्नुभयो । साथै बैँकका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैँकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आएसँगै यहाँका बासिन्दाहरूलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।