• २६ जेठ २०८२, सोमबार

भीमफेदीमा गाडी दुर्घटना : १४ घाइते, तीन गम्भीर

blog

मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भइ दुर्घटना भएको गाडी । तस्बिर : स्मिता अर्जेल

स्मिता अर्जेल
मकवानपुरगढी, जेठ ६ गते ।
मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भइ विङ्गर गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

मङ्गलबार दिउँसो चित्लाङबाट बाराको लालबन्दी आउँदै गरेको प्रदेश २- ०३-००१ ज ०१४७ को गाडी सडकदेखि करिब २० मिटर तल खसेर भीमफेदी गाउँपालिकास्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठी मोडमा दुर्घटनामा परेको हो ।

गाडी रुखमा अड्किएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैंसे र सिमभञ्ज्याङ्गबाट खटिएको २५ जना प्रहरी टोलीले घाइतेको उद्धार गरी हेटौंडा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

गाडीमा सवार १४ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ  ।