भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी मारिएका छन् ।
मनाङका चारवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भइसकेपछि हालै जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।
राष्ट्रियसभा बैठकमा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ । बुधबार बसेको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले उक्त प्रतिवेदन पेस गर्नुभएको हो ।
दाङको देउखुरीमा हावाहुरीका कारण २० वटा विद्युत पोलसँगै दुई वटा ट्रान्सफर्मरमा क्षति पुर्याउँदा राजपुरमा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।
धनकुटामा अटोले ठक्कर दिँदा एक जना बालक गम्भीर घाइते भएका छन् । बुधबार पाख्रीबास नगरपालिका–९, उत्तरपानीस्थित हिले–छिन्ताङ सडक खण्डअन्तर्गत धर्मशालामा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान समयमा गौतम बुद्धको कर्मवाद उत्तिकै समय सान्दर्भिक रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले आगामी आर्थिक वर्षको बजेटमा चुरोट र रक्सीमा कर नबढाउन अर्थमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले आफ्नो कार्यकालको तीन वर्षे अवधिमा पूर्वाधार विकासको काममा उल्लेख्य प्रगति भएको उल्लेख गर्नुभएको छ।
अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा जाने मौरिस हर्जोग पदमार्गमा पहिलोपटक म्याराथन दौड प्रतियोगिता हुने भएको छ । आधार शिविरमा रहेको पञ्चकुण्ड तालदेखि नारच्याङ गाउँसम्म म्याराथन प्रतियोगिता आयोजना हुने भएको हो ।
हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित एउटा मासु पसलमा सरोकारवाला निकायले निर्धारण गरेको मूल्यभन्दा बढी रकम असुली गरेको भन्दै अनुगमन टोलीले तालाबन्दी गरेको छ ।
पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ऊर्जा विधेयक अन्तिम चरणमा पुगेको बताउनुभएको छ । बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्नुहुँदै सभापति सिंहले उर्जा विधेयक अन्तिम चरणमा पुगेको बताउनुभएको हो । उहाँले अब चाँडोभन्दा चाँडो समितिले प्रक्रिया पूरा गरेर सभामा पेश गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो ।
‘नेपालको स्विजरल्यान्ड’ भनेर चिनिने दोलखाको पर्यकीयस्थल हो, जिरी । जिरी सगरमाथा आधार शिविर जाने पदमार्गका कारण पनि चर्चित छ ।
प्रसव पीडाकी महिला र नवजात शिशुको ज्यान बचाउने प्रहरी जवान चन्द्रिकाकुमारी देउवा सम्मानसहित पुरस्कृत हुनु भएको छ ।
वर्षातसँगै आएको हावाहुरीले मालिका गाउँपालिका–८ किसानटारीका डाइमन लम्सालको घरको छानो उडाएको छ । लम्सालको दुई तले पक्की घरको माथिल्लो तलामा उडाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैँकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरूप राष्ट्र बैँकले आफ्ना काम कारबाही अघि बढाउने बताउनुभएको छ ।