• १८ जेठ २०८२, आइतबार

हावाहुरीले दुई दिनदेखि विद्युत अवरुद्ध

blog

हावाहुरीका कारण ढलेका विद्युत पोल।

लीलाधर वली

घोराही, जेठ ७ गते । दाङको देउखुरीमा हावाहुरीका कारण २० वटा विद्युत पोलसँगै दुई वटा ट्रान्सफर्मरमा क्षति पुर्‍याउँदा राजपुरमा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । 

मंगलबार बिहान आएको हावाहुरीका कारण राजपुर गाउँपालिका–५ सालभौरीदेखि जंग्रहवासम्म गाडिएका विद्युत पोलसँगै ट्रान्सफर्मरमा क्षति गर्दा मंगलबार बिहानदेखि राजपुरमा विद्युत सेवा अवरुद्ध भएको राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले जानकारी दिनुभयो । 

नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय लमहीका प्रमुख युवराज रावतका अनुसार हावाहुरीले रुख ढालेर तार चुडिएर विद्युत अवरुद्ध भएको हो ।